वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपालबाट बिजुली बेच्न सकिन्छ भन्नेमा विश्वस्त नभएसम्म लगानी भित्रदैन : अर्थमन्त्री महत

अर्थटुडे
२०७१ भाद्र ११, बुधबार

काठमाडौं । अर्थमन्त्री डा.रामशरण महतले देशलाई संबृद्धिको बाटोमा लानका लालगि खुल्ला बजार अर्थतन्त्रको विकल्प नरहेको बताउँदै खुल्ला बजारको बहानामा बजारलाई अनियन्त्रित हिसावले छोड्न नहुने बताए । नियमन भित्रको खुल्ला अर्थतन्त्र भएमा देश आर्थिक रुपमा सवल हुन्छ त्यसका लागि सरकार बलियो चाहिन्छ अर्थमन्त्री महतले भने ।dr mahat

खुलाबजार नितिपछि नीजि क्षेत्रका सम्पुर्ण क्षेत्र विकास भने पनि कर्मचारी प्रसासनका कारण नियमन गर्न असफल भएको बताए । नेपाल आर्थिक पत्रकार समाज सेजनको १५ औं वार्षिक साधारणसभाको उद्घाटन का क्रममा अर्थमन्त्री महतले देश विकासका लागि जलविद्युतको विकास नै पहिलो आवश्यकता भएकोमा जोड दिए।

भारतसँग विद्युत व्यापार सम्झौता (पिटिए) नगरेसम्म विदेशी लगानी नभित्रने मन्त्री महतको भनाई रहेको छ । उनका अनुसार नेपालबाट बिजुली बेच्न सकिन्छ भन्नेमा लगानीकर्ता विश्वस्त नभएसम्म जलविद्युतमा लगानी नभित्रिने भन्दै अर्थमन्त्री महतले त्यसका लागि वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए।

अर्थमन्त्री महतले भने, भारतसँग पिटिए गर्नुपर्छ भन्दा विद्युतमा भारतको एकाधिकार रहने भो भनेर हल्ला चलाइयो, यस्तो दिवालिया सोचले देशलाई फेरि पश्चगमनतर्फ लैजान्छ।

कार्यक्रममा सेजनका अध्यक्ष विज्ञान अधिकारीले सेजनले आर्थिक पत्रकारका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको भन्दै भविष्यमा पनि त्यसलाई निरन्तरता दिइने बताए।

यस्तै सेजनका संस्थापक अध्यक्ष प्रतीक प्रधानले पत्रकारितामा विषयगत संस्थाहरु बन्दा कहिलेकाँही समाचार कार्टेलिङ हुने गरेको भन्दै यसतर्फ सचेत हुन आग्रह गरे।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ