वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राष्ट्र बैंकको स्पष्टिकरणपछि सेयर बजारमा सुधार, ३९ अंकले बढ्यो नेप्से

अर्थटुडे
२०७१ भाद्र ११, बुधबार

काठमाडौं । केही दिनदेखि लगातार ओरालो लागेको सेयर बजार परिसूचक (नेप्से) बुधबार फेरी उकालो लागेको छ । नेपाल राष्ट्र बैंकले गत बुधबार जारी गरेको बैंक तथा वित्तीय संस्थाको लगानी निर्देशनबारे मंगलबार साझ विज्ञप्ती जारी गरी स्पष्ट पारेपछि बजारमा सकारात्मक असर देखिएको हो ।

nepal stock exchangeबुधबार कारोबार सुरु भएदेखि नै बजार लगातार बढेपछि दुई पटक सर्किट व्रेकर नै लगाउनुपर्ने अवस्था भयो । बुधबार नेप्से करिब ३९ अंकले बढेर ९६०.४३ अंकमा पुगेको छ ।

बुधबार बजारमा होटल बाहेक सबै परिसुचकहरु बढेका छन् भने कारोबार भएका अधिकांश कम्पनीहरुको सेयर पनि बढेको छ । बैंकिङ ३६.६६, विकास बैंक १७.९९, हाइड्रोपावर १७८.३५, फाइनान्स ११.८४, इस्योरेन्स २४८.९७, उत्पादनमुलक २४.०३ र अन्य कम्पनीको परिसुचक ७.०५ अंकले बढेको छ । बुधबार होटल परिसुचक मात्र २.४९ अंकले घटेको छ ।

बजारमा सुधार आएपछि कारोबार रकम पनि बढेको छ । बुधबार १ सय ४० कम्पनीको ६१ करोड ७४ लाख रुपैयाँ बराबरको १३ लाख २१ हजार कित्ता सेयर किनबेच भएको छ ।

राष्ट्र बैंकले भन्यो, हाम्रो निर्देशनका कारण सेयर बजारमा परिवर्तन आएको होइन

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ