वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुको सरुवा,बैंक वित्तीय कम्पनी सुपरीवेक्षण विभागमा श्रेष्ठ

अर्थटुडे
२०७१ भाद्र ११, बुधबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय कम्पनी सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक मनमोहनकुमार श्रेष्ठलाई बैंक तथा वित्तीय संस्था नियमन विभागमा सरुवा गरेको छ । उनी केही दिनअघि प्रबक्तामा समेत नियुक्त भएका थिए । भास्करमणि ज्ञवाली अवकास भएपछि श्रेष्ठलाई उनको ठाउँमा लगिएको हो ।
त्यसैगरी राष्ट्र बैंकले कार्यकारी निर्देशकहरुको पनि सरुवा गरेको छ ।nepal rastra bank

बैंकिङ सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक लोकवहादुर खड्कालाई वित्त व्यवस्थापन विभागमा लगिएको छ भने उनको ठाउँमा त्यही विभागका लक्ष्मीप्रपन्न निरौलालाई सोही विभागको कामु कार्यकारी निर्देशक बनाएको छ ।
निरौलाले आउँदो १५ गतेबाट विभागको औपचारिक नेतृत्व गर्ने छन् ।
लघुवित्त प्रवद्र्धन तथा सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेललाई वित्त कम्पनी सुपरिवेक्षणमा लगिएको छ । यसैगरी राष्ट्र बैंकले केही कार्यकारी निर्देशकलाई पदस्थापन पनि गरेको छ ।

जनकवहादुर अधिकारीलाई पनि जनशक्ति व्यवस्थापन विभागमै प्रतिस्थापन गरिएको छ भने विनोद आत्रेयलाई पनि सामान्य सेवा विभागमै पदस्थापन गरिएको छ । त्यस्तै राष्ट्र ऋण विभागका कामु कार्यकारी निर्देशक नरवहादुर थापालाई त्यही कार्यकारी निर्देशकमा पदस्थापन गरिएको छ ।

भिस्मराज ढुंगानालाई विदेशी विनिमय व्यवस्थापन विभागमा कामु कार्यकारीका रुपमा पदस्थापन गरिएको छ । उनी आगामी १५ गतेदेखि लागू हुने गरी कामु पदमा राखेका हुन् । चिन्तामणि शिवाकोटीलाई पनि लघुवित्त प्रवद्र्धन तथा सुपरिवेक्षण विभागमै प्रतिस्थापन गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ