वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

साढे तीन दर्जन सहकारीले पाए डेढ करोड अनुदान

अर्थटुडे
२०७१ भाद्र १२, बिहीबार

काठमाडौं । सहकारी विभागले ०७०\७१ मा साढे तीन दर्जन उद्योगलाई करिब डेढ करोड रुपैयाँ अनुदान दिएको छ । सहकारीमार्फत कृषि फार्मका साथै कृषिजन्य प्रशोधन उद्योग स्थापनाका लागि उक्त अनुदान बाडेको हो ।

sahakari bibhagसरकारले बजेट बक्तव्यमा गरेको घोषणा अनुसार कृषि क्षेत्रका ४३ वटा उद्योगलाई कृषि फार्म स्थापना र प्रसोधन उद्योग संचालनका लागि १ करोड ३३ लाख रुपैयाँ वितरण गरिएको विभागले जनाएको छ ।
सहकारी संस्थाले पेश गरेको योजनाका आधारमा कुल लागतको पुँजीको ५० प्रतिशत अनुदान दिइएको विभागले जनाएको छ । आधा लागत भने सहकारी संस्थाले नै लगानी गर्नुपर्ने व्यवस्था छ ।

अनुदान पाएका सहकारीहरुमध्ये कृषि फार्म अन्र्तगत गाई, भैसी, बाख्रा, भेडा, बंगुर र माछापालनका लागि २८ सहकारीलाई ९० लाख, महिला खाद्य प्रसोधन उद्योगका लागि ७ सहकारीलाई १७ लाख, दलित पेशा आधुनिकरण गर्न तीन सहकारीलाई ८ लाख रुपैयाँ अनुदान वितरण गरिएको छ । यसबाहेक चिया कारखाना उद्योग स्थापना, दुग्ध, कफि, उखु, अदुवालगायत कृषिजन्य प्रसोधन उद्योगका लागि अनुदान दिएके विभागले जानकारी दिएको छ ।

कृषि फार्मका लागि ७५ लाख, कृषिजन्य उद्योगलाई १५ लाख र महिला तथा दलितका सहकारीका लागि १०\१० लाख रुपैयाँ छुट्याइएको थियो । अनुदानका लागि देशभरबाट ४ सय भन्दा सहकारीको आवेदन परेको र त्यसबाट छनोट गरी ४१ सहकारीलाई अनुदान दिइएको विभागका वरिष्ठ कृषि अर्थविज्ञ विष्णु प्रसाद घिमिरेले जानकारी दिए ।

अनुदान ‘सहकारी संघ संस्थाहरुलाई उपलब्ध गराईने अनुदान एवं भन्सार महशूलमा छुट सुबिधा सिफारिश सम्बन्धी कार्यविधि,२०६८’ अनुसार वितरण गरिएको विभागले जनाएको छ । जसअनुसार सहकारीमा कृषकको सहभागिता, स्वदेशी उपकरणको प्रयोग, कच्चा पदार्थ उपलब्धता र उद्योगबाट उत्पादीत सामानको बजार सम्भावना लगायतका कुराको आधारमा उद्योगको छनोट गरिनछ । यस्तै सहकारी छनोटका लागि सरकारले प्राथमिकतामा राखेको उद्योग, सहकारीको योजनाको प्रभावकारीता, संस्थाले गरेको लगानी र पूर्वाधारको अवस्था, उद्योगले सेवा दिने क्षेत्र र रोजगारीको सिर्जनालाई पनि आधार बनाउने बताइएको छ ।

सहकारीमार्फत उत्पादकत्व बढाउन सरकारले आव २०६५\०६६ देखि सहकारीलाई अनुदान दिने कार्यक्रम सुरु गरेको गरेको हो ।

यसैगरी आव ०७०/७१ मा विभागले सहकारीमार्फत शित भण्डार निर्माणका लागि र राष्ट्रिय सहकारी संघको भवन निर्माणका लागि १/१ करोड रुपैयाँ वितरण गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ