काठमाडौं । किष्ट बैंकको सञ्चालक समितिमा विकास शाक्य नियुक्त भएका छन । भदौ ६ गते बसेको बैंकको संचालक समितिको बैठकले उनलाई संचालकमा नियुक्त गरेको हो ।
शाक्य एसवाइ हाउजिङ एण्ड इन्भेष्टमेन्टको प्रतिनिधिका रुपमा संचालक भएका हुन् । यसअघि एसवाई हाउजिङबाट रचना तुलाधर सञ्चालक समितिमा रहेकी बैंक स्रोतले जनाएको छ ।
किष्ट बैंक प्रभु विकास बैंकसँग मर्जर भई छिट्टै प्रभु बैंक बन्ने तयारीमा छ ।
प्रतिक्रिया