वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सेयर बजार उकालो लाग्ने क्रम जारी, विहिबार करिब १२ अंकले बढ्यो

अर्थटुडे
२०७१ भाद्र १२, बिहीबार

काठमाडौं । सेयर बजार परिसुचक (नेप्से) बढ्ने क्रम विहिबार पनि जारी रह्यो । साताको अन्तिम दिन विहिबार नेप्से करिब १२ अंकले वृद्धी भई ११.७४ अंकले वृद्वी भई ९७२.१७ अंक पुगको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लगानी सिमाबारे स्पष्ट पारेपछि बुधबारबाट बजारले आफ्लो लय समातेको हो ।

nepal stock exchange
विहिबार सबै समूहगत परिसुचक समेत उकालो लागेको छ । सबैभन्दा बढी विमा समूह ११९.९७ अंकले बढेर ३९६३.९३ अंकले पुग्यो । यसैगरी हाइड्रोपावर ८८.७७, होटल १५.७४, विकास बैंक ८.७७, अन्य ७.०४, बैंकिङ ४.९६ र उत्पादनमूलक समूहगत परिसुचक १.०२ अंकले बढेको छ ।

विहिबार १ सय ४३ कम्पनीको ६१ करोड १२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ