वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नबिल घोषणा गर्र्यो ५ लाखको विज्ञान प्रविधि पुरस्कार

अर्थटुडे
२०७१ जेष्ठ २४, शनिबार

काठमाडौं । नबिल बैंक र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नाष्टबिच राष्ट्रकै सबैभन्दा ठूलो पुरस्कार नबिल विज्ञान तथा प्रविधि पुरस्कार प्रदान गर्ने सम्झौता भएको छ । ५ लाख बराबरको यस वार्षिक पुरस्कार विज्ञान तथा प्रविधि क्षेत्रमा तत्काल प्रयोग हुने आशा सहित मानवतामा सकारात्मक प्रभाव पार्ने कर्मचारी वा नविनतम प्रतिभालाई दिईने छ ।

पुरस्कार प्रदान गर्ने प्रकृया पुर्ण रुपमा नाष्टले व्यवस्थापन गर्नेछ, र यो पुरस्कार नेपालकै सम्मानित पुरस्कार हुने दावी गरिएको छ । शुक्रबार नाष्ट द्वारा खुमलटारमा आयोजित एक कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत श्री अनिल ज्ञवाली र नाष्टका उपकुलपति प्रो.डा. सुरेन्द्रराज काफ्ले बिच नबिल विज्ञान तथा प्रविधि पुरस्कारको सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

बैंकको संस्थागत सामाजीक दायित्वको रुपमा विज्ञान तथा प्राविधिक क्षेत्रमा संलग्न क्षमतालाई प्रदान गरिने यस पुरस्कार आयोजना गर्न पाउँदा गौरवान्वीत भएको सिइओ ज्ञवालीले बताए ।

पुरस्कारले विज्ञान तथा प्राविधिक क्षेत्रमा संलग्न कर्मचारीहरुको मनोवल उच्च बनाउन महत्वपुर्ण भुमिका खेल्ने नाष्टका उपकुलपति प्रो.डा. सुरेन्द्रराज काफ्लेले उल्लेख गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ