वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल टेलिकमले १८ अर्व पुँजीगत लगानी थप्ने, इन्टरनेट सेवा विस्तार तथा सुधारलाई पहिलो प्राथमिकता

अर्थटुडे
२०७१ भाद्र १५, आईतवार

काठमाडौं । नेपाल टेलिकमले १८ अर्व पुँजीगत लगानी गर्ने भएको छ । आइतबार टेलीकमले आर्थिक वर्ष २०७१\७२ मा कम्पनीको सेवा विस्तार र गुणस्तर सुदृढीकरणका लागि १८ अर्ब पूँजीगत लगानी गर्ने योजना सार्वजनिक गर्दै इन्टरनेट सेवा विस्तार तथा सुधारलाई पहिलो प्राथमिकतामा राखिने पनि कम्पनीले जनाएको छ ।telecom-news

कार्यक्रममा टेलिकमका प्रवन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले सबैको चासो डाटामा बढ्दै गएकोले आगामी दिनमा ग्राहकलाई थप सुविधा सहित गुणस्तर सुधारमा ध्यान दिएर काम गर्ने बताए ।
टेलिकमले चालु आर्थिक वर्षको बजेटबाट जिएसएम र सिडिएमए मोबाइल, वाइम्याक्स, एडिएसएल, इभिडियो, ल्यान्डलाइन लगायतका क्षेत्रमा बढी बजेट विनियोजन गरेको जनाएको छ ।

यसैगरी टेलिकमले आर्थिक वर्ष २०७० ७१ मा ११ अर्व ६८ करोड ११ लाख रुपैयाँ मुनाफा गरेको जनाएको छ । टेलिकमको ग्राहक १ करोड ९ लाख ४ हजार ४ सय ६२ जना रहेका छन् भने १७ लाख २८ हजार ४ सय २ लाइन टेलिफोन वितरण गरेको छ । इन्टरनेट ग्राहक ४७ लाख २ सय ५२ रहेको छ भने ३९ अर्ब २६ करोड ८४ लाख रुपैयाँ राजस्व बुझाएको कम्पनीले जनाएको छ ।

टेलिकमले चालु आर्थिक वर्षमा विशेष योजना सहित ७५ जिल्लामा थ्रीजि सेवा विस्तार गर्ने योजना पनि बनाएको छ भने डाटा सर्भिसको लागि स्थायीत्व स्थापना गर्न बजेटले सहयोग समेत गर्ने छ ।

यसैगरी टेलिकमले आर्थिक वर्ष २०७१\ ७२ मा २० लाख नयाँ जिएसएम मोबाइल वितरण गर्ने, मोबाइल सेट बनाउने कम्पनीहरुसँग बन्डलिंङ गरेर उपभोक्तालाई मोबाइल चलाउन सहज बनाइने र सिडिएमए तर्फ पनि दुई लाख लाइन वरतरण गर्ने योजना ल्याएको छ भने ल्यान्डलाइन (पिएसटिएन) सेवा तर्फ पनि २५ हजार नौ सय ५६ लाइन वितरण गर्ने योजना अघि सारेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ