वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सार्क अर्थतन्त्रलाई म्यानमार र इन्डो¬चाइनासँग जोड्न आवश्यक : चौधरी

अर्थटुडे
२०७१ जेष्ठ २४, शनिबार

काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले सार्क अर्थतन्त्रलाई थप गतिशिल बनाउन यस क्षेत्रलाई म्यानमार र इन्डो¬चाइनासंग जोड्न आवस्यक रहेको बताएका छन् । म्यानमार र इन्डो¬चाइनाको अर्थतन्त्र तिब्र गतिमा अगाडि बढिरहेको बेला दक्षिण एसियाली मुलुकहरुले यि अर्थतन्त्रसंग आवद्ध भएर मात्रै अपेक्षित लाभ लिन सक्ने धारणा उनले राखे ।
शनिवार नवौं चीन(दक्षिण एसिया विजनेश फोरमलाई दक्षिण एसियाली विजनेश लिडरका रुपमा युनानमा सम्बोधन गर्दै अध्यक्ष चौधरीले सार्क क्षेत्रको अर्थतन्त्रको विस्तारका लागि आफ्नै वरिपरिको संसारमा रहेका अवसरहरुलाई छोप्न दक्षिण एसियाली मुलुकहरु चुक्न नहुने विश्लेषण गरे ।
दोस्रो चीन– दक्षिण एसिया प्रदर्शनी तथा २२ औं कुनमिङ वस्तु आयात एवं निर्यात मेलाको अवसरमा उक्त विजनेश फोरमको आयोजना गरिएको हो । अध्यक्ष चौधरी चीनको युनान प्रान्तका गर्भनर लि जीहेङको निमन्त्रणा स्विकार गर्दै एक्स्पोमा सहभागी भइरहेका छन् ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद र सार्क क्षेत्रका उच्च सरकारी अधिकारीले विजनेश फोरमको उद्घाटन गरेका थिए । सार्क अर्थतन्त्रमा केन्द्रित भएर फोरमलाई सम्बोधन गर्नुभएका चौधरीले यस क्षेत्रले अझै पनि आर्थिक विकासमा अपेक्षित फड्को मार्न नसकेको उल्लेख गर्दै क्षेत्रीय विकासका लागि चीनले लिइरहेको पहलका लागि उसलाई धन्यवाद दिए ।

चीनले दक्षिण एसियाली मुलुकहरुमा आर्थिक करिडोर निर्माणका लागि सहकार्यको नारा सहित कुनमिङ एक्स्पो आयोजना गरेको छ । अध्यक्ष चौधरीले दक्षिण एसियाली अर्थतन्त्रमा नयाँ कम्पन श्रृजना गर्न सिल्क ब्यापार रोडलाई पुनर्जिवित गर्न आवश्यक रहेकोमा पनि जोड दिए । एसियाली गेट वेका रुपमा स्थापित कुनमिङबाट म्यानमार, बंगलादेश, नेपाल लगायत मुलुकहरुको अर्थतन्त्रलाई जोड्न सकिने धारणा पनि उनले राखे ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ