वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आठ वर्षयता १ लाख १३ हजार ७७८ महिला विदेशमा, द्वन्द्वग्रस्त मुलुक इराकमा समेत पाँच हजारभन्दा बढी नेपाली महिला

अर्थटुडे
२०७१ भाद्र १६, सोमबार

काठमाडौं । गत आठ वर्षयता एक लाख १३ हजार ७७८ जना महिला वैदेशिक रोजगारीमा गएका छन् । सो सङख्या बैदेशिक रोजगार विभागले तथ्याङक राख्न थालेयताको हो ।10401538_592574524173702_406478557825635678_n त्यस अघि रोजगारको सिलरिलामा विदेशी गएको महिलाहरुको भने तथ्याङक विभागले राखेको थिएन । सो अवधिमा वैदेशिक रोजगारमा जाने पुरुषको सङ्ख्या भने २५ लाख ७४ हजार ६०३ रहेको छ ।

आर्थिक वर्ष २०६३÷६४ मा तीन हजार ६०५ जनामात्रै वैदेशिक रोजगारमा गएकामा आव २०७०÷७१ सम्म आइपुग्दा सो सङ्ख्या बढेर २८ हजार ९६६ पुगेको छ । वैदेशिक रोजगार विभागले आर्थिक वर्ष २०६३÷६४ अघिकोे वैदेशिक रोजगारमा जानेहरूको सङ्ख्या राखे पनि महिला र पुरुषको छुट्टाछट्टै सङ्ख्या राखेको छैन ।

आव २०६३÷६४ मा ३९०, आव २०६४÷६५ मा चार हजार ६८५, आव २०६५÷६६ मा आठ ५९४, आव २०६६÷६७ दश हजार ५६ र आव २०६७÷६८ मा १० हजार ४१६ जना महिला वैदेशिक रोजगारमा गएका छन् । आव २०६८÷६९ मा २२ हजार ९५८, आव २०६९÷७० मा २७ हजार ७१३ र आव २०७०÷०७१ मा २८ हजार ९६६ जना महिला वैदेशिक रोजगारीमा गएका छन् ।

सबैभन्दा बढी कुवेतमा ३७ हजार १०२ जना महिला वैदेशिक रोजगारीमा गएका छन् । त्यसैगरी, क्रमशः युनाइटेड अरब इमिरेट्स (दुबई)मा २२ हजार ६६५, मलेसिया १७ हजार ३२२, लेवनानमा १० हजार ८५८, कतारमा पाँच हजार ५०१, इजरायलमा तीन हजार ८६३, बहराइनमा तीन हजार २८६, कुवेतमा दुई हजार ३८४, दक्षिण कोरियामा ८५९, जापानमा ५८० र अन्य मुलुकमा छ हजार ७३६ जना महिला वैदेशिक रोजगारमा गएका छन् ।

द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमासमेत ३४ जना महिला श्रम विभागबाट स्वीकृति लिएर रोजगारमा गएका छन् । विभागबाट स्वीकृति लिएर जानेको सङ्ख्याभन्दा ठूलो सङ्ख्यामा नेपाली महिला अवैधानिक ढङ्गले भारत हुँदै खाडीलगायतका मुलुक जाने गरेका छन् । द्वन्द्वको चपेटामा रहेको मुलुक इराकमा समेत पाँच हजारभन्दा बढी नेपाली महिला अहिले अवैधानिक रूपमा रोजगारीमा रहेको विवरण सार्वजनिक भइरहेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ