वि.सं. २०८१ श्रावण ११
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपालमा लगानीको लागि प्रधानमन्त्रीको आब्हान

अर्थटुडे
२०७१ जेष्ठ २४, शनिबार

काठमाडौँ । प्रधानमन्त्री सुशील कोइरलाले नेपालमा लगानीको बातावरण बन्दै गएको भन्दै अन्तर्राष्ट्रिय लगानीकर्ताहरुलाई लगानीको लागि आब्हान गरेका छन । कुनमिनमा शुक्रबार सुरु भएको दक्षिण एसिया ब्यापार मेलाको उद्घाटन समारोहलाई संबोधन गर्दै उनले अन्तर्राष्ट्रिय लगानीकर्तालाई नेपालको जलविद्युत, पर्यटन क्षेत्रमा लगानी बढाउन आब्हान गर्दै नेपाल संविधान निर्माणमार्फत राजनीतिक स्थायीत्वतर्फ उन्मुख रहेकोले लगानीको सुनिश्चिता हुने विश्वास ब्यक्त गरेका थिए ।
उनले नेपाल आर्थिक विकासको चरणमा प्रवेश गरेकोले चीनको सहयोग अतिआवश्यक हुने तर्क गर्दै आफ्नो भ्रमणले चीन र नेपालवीचको सम्बन्ध अझै सुदृढ भएको बताए । चीनले नेपाललाई दिएको महत्वलाई उच्चमुल्याङकन गर्दै ब्यापार मेलामा चीनले नेपाललाई दिएको महत्वले सम्बन्धलाई नयाँ उचाईमा पुर्याएको बताए ।
कार्यक्रममा बाणिज्य तथा आपूर्तिमन्त्री सुनिल थापाले मेला नेपालको आर्थिक विकासको अभियानकालागि ठूलो अवसर भएको भन्दै नेपालको विकासमा चिनको भूमिका महत्वपूर्ण रहेको बताए ।
उद्घाटन समारोहपछि प्रधानमन्त्रीले नेपाली ब्यवसायीहरुको स्टलको अवलोकन गरेका थिए । उनीसँग चिनका उपप्रधानमन्त्री सहितका उच्च अधिकारीहरु सहभागिता रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ