वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पर्यटन बोर्डको अनियमितता छानविनका लागि समितिले माग्यो पाँच दिन, २० प्रतिशत काम सकिएको दावी

अर्थटुडे
२०७१ भाद्र १६, सोमबार

काठमाडौं । नेपाल पर्यटन बोर्डमा भएको अनियमितता छानविन गर्न गठित समितिले छानविन गर्न बाँकी रहेको भन्दै पाँचदिन थप गर्न लागि संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रस्ताव गरेको छ । समितिका संयोजक पूर्णचन्द्र भट्टराईका अनुसार समयमा काम पुरा गर्न नसकेकोले सयमा थपका लागि प्रस्ताव गरिएको हो ।Nepal-Tourism-Board(3)

पर्यर्टन व्यवसायीले पर्यटन बोर्डमा निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइआ) सुवास निरौलाले आर्थिक अनियमितता गरेको भन्दै ५२ दिन सम्म आन्दोलन गरेकाले सरकारले अनियमितता छानविनका लागि भट्राईको नेतृत्वमा समिति गठन गरेको थियो ।

गत असार १९ गते सकिएको छानबिन समितिको म्याद भदौ १५ सम्मका लागि पुनः थपिएको थियो । भदौ १५ गतेभित्र काम सकाइसक्ने गरि पहिलोपटक समय थपिएकोमा उनीहरुले समयमा काम नसकेपछि फेरी म्याद थप्नका लागि समितिले आग्रह गरेको हो ।
समितिले अहिलेसम्म ८० प्रतिशत काम सकेको छ। बाँकी २० प्रतिशत काम गर्न पाँचदिन लाग्ने भएकोले समय थपको माग गरिएको समितिले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ