वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रन सुजको नयाँ मोडल बजारमा, दशैं, तिहार र जाडोलाई लक्षित गरेको कम्पनीको दावी

अर्थटुडे
२०७१ भाद्र १६, सोमबार

काठमाडौं । रन सुजले नेपालीहरुको महान् चाड बडादशै र तिहारको अवसर पारेर २० मोडलका नयाँ डिजाइनका रन ब्राण्डका जुत्ता बजारमा ल्याएको छ । यी मोडलका जुत्ताहरु दशैं, तिहार तथा जाडो याम लाई लक्षित गरि बनाइएको र नयाँ मोडलका जुत्ताहरुमा बुट, स्पोर्टस, क्याजुयल र पार्टी रहेको छ ।IMG_0003

विशेषगरी रन ब्राण्डको बुट युवाहरुलाई लक्षित गरि बनाइएको हो । विशेषगरी बुट बुटप्रेमी युवाहरु माझ लामो समयको अनुसन्धान पश्चात तयार गरिएको कम्पनीका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले बताए । अनुसन्धानको क्रममा उनिहरुको चाहना र सुझावलाई ध्यानमा राखी यो बुट तयार गरिएकोले बजारमा पाईने अन्य बुट भन्दा अत्यन्तै आकर्षक र पृथक डिजाईनको रहेको उनको दावी छ ।
नयाँ मोडलका जुत्ताहरुमा बजारमा पाईने अन्य जुत्ता भन्दा उच्च गुणस्तरको कच्चा पदार्थ प्रयोग गरि बनाईएको हुँदा लामो समयसम्म टिक्ने एवं हलुका रहेको कम्पनीको दाबी छ । रनको जुत्ताहरुमा ६ महिनाको वारेन्टी समेत प्रदान गरिदैं आएको छ । उद्योगले हाल ३३० भन्दा धेरै मोडलका पार्टी शुज, स्पोर्टस् शुज, क्याजुअल शुज, स्कुल÷कलेज शुज, चप्पल उत्पादन गर्दै आएको छ ।
उद्योगले यसवर्षदेखि सेना, प्रहरी तथा अन्य क्षेत्रका सुरक्षाकर्मीहरुले प्रयोग गर्ने डिएमएस बुट दैनिक ७०० जोर उत्पादन गर्दै आएको छ भने सबै मोडल र डिजाईनका जुत्ता तथा चप्पलहरु देशभरका आउटलेटहरुमा उपलब्ध गराउदै आएको छ ।
हाल रन ब्राण्डका जुत्ता तथा चप्पल मुलुकको ६७ जिल्लाहरुमा बिक्रि वितरण हुँदै आएको छ । रन शुजको उपत्यका बाहिर पोखरा, बुटवल, बाग्लुङ्ग, धनगढी, नेपालगञ्ज लगायतका स्थानहरुमा पाँच वटा र उपत्यका भित्र पाँच वटा आधिकारिक शोरुम रहेको छ ।

निकट भविष्यमा अन्य जिल्लामा समेत रन सुजको आधिकारिक शोरुम खोल्ने कम्पनीको लक्ष्य रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ