वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अन्तर्राष्ट्रिय ज्वेलरी मेलामा नेपाली व्यवसायीको सहभागिता, मौलिक गरगहना प्रर्वद्धन गर्ने लक्ष्य

अर्थटुडे
२०७१ भाद्र १७, मंगलवार

काठमाडौं । भदौ २४ गते देखि २८ गतेसम्म थाईल्याण्डको राजधानी बैंककमा हुने जेम्स एण्ड ज्वेलरी मेलामा नेपाली व्यवसायीले सहभागी हुने भएका छन् । वाणिज्य सचिव नारायण गोपाल मलेगुको नेतृत्वमा ५ दर्जन व्यवसायीले भाग लिने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

silver ornamentमेलामा २ हजार ५ सयवटा स्टल रहने तथा १० हजार क्रेताहरुले अवलोकन गर्र्नेे अनुमान गरिएको छ । मेलामा भाग लिनको निमित्त स्टलको प्रायोजन गरी विशेष सहयोग गर्ने नेपाली– जर्मन सहयोग अन्तर्गतको व्यापार प्रबद्र्धन कार्यक्रमले सहयोग गरेको छ । मेलामा नेपाली व्यवसायीको १४ वटा स्टल रहने आयोजकले जनाएको छ ।

नेपालको चाँदीका गहनाको निर्यात घटदै गइरहेकाले ज्वेलरी मेलामा सहभागिताले नेपाली चाँदीका गरगहनालाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुनः स्थापित गर्न सहयोग पुग्ने र नेपालको सुनको गहनालाई बिश्व बजारमा पनि परिचित गराउने नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष गुण राज शाक्यले जानकारी दिए । अन्तर्राष्ट्रिय ज्वेलरी मेलाहरुमा चाँदीका  मौलिक गरगहनाहरुले राम्रो ध्यानकर्षण पाइरहेको छ भने हाल सुनका गरगहनाले पनि अन्तर्राट्रिय बिक्रेताको ध्यान आकर्षित गर्ने नेपाली व्यवसायीको योजना रहेको छ ।

नेपाली गरगहनाको आफनै मौलिक पहिचान एंव विशिष्ट परम्परा रहेको र यसको निर्यातको ठुलो सम्भावना रहेको व्यवसायीहरु बताउछन् । नेपाली गरगहनाको अन्तर्राष्ट्रिय विश्वशनीयता बढाउन मापदण्डको निर्माण र छिटो हलमार्किङ  प्रणाली लागु गरी प्रमाणीकरण गर्ने व्यवसायीले सरकारसँग माँग गर्दै आएका छन् ।
नेपालको हिमाली तथा उच्च पहाडी भेगमा पाइने जेम स्टोनहरुमा पाइने आकर्षक चमकपना रहेको र यसको बजारीकरण गर्न सक्ने राम्रो संभावना रहेका भन्दै महासंघले यसका लागि सरकारी र निजीक्षेत्र बीच समन्वय आवश्यक रहेको बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ