वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिद्धार्थ लगानी वृद्धि योजना–१ ले १५ % नगद लाभांस दिने

अर्थटुडे
२०७१ भाद्र १७, मंगलवार

काठमाडौं। सिद्धार्थ लगानी वृद्धि योजना–१ ले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत नगद लाभांस* दिने भएको छ । योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको ४७ औं बोर्ड बैठकले सोमवार यस्तो निर्णय गरेको हो ।siddartha birdhi

२० प्रतिशत नै लाभांस दिने क्षमता भएपनि लगानीकर्ताहरुलाई अर्को वर्षपनि आकर्षक लाभांस दिन सकियोस् भन्ने सोचका साथ यस पटक १५ प्रतिशत मात्र दिएको कम्पनीको भनाई रहेको छ ।

गत बर्ष पनि योजनाले आफ्ना लगानीकर्तालाई ४.५ प्रतिशत लाभांश दिएको थियो । अघिल्लो बर्ष जम्मा छ महिना सञ्चालनमा आएपनि योजनाले लाभांश दिएको हो । गत आवमा योजनाले ५१ करोड रुपैयाँ कमाएको छ ।

*१५ प्रतिशत नगद लाभांस हुनुपर्नेमा अन्यथा भएकाले भुलसुधारसहित सच्याइएको छ–सं ।

@

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ