काठमाडौं । आगामी दशकमा विश्व अर्थतन्त्रमा प्रभाव पार्ने अर्थशास्त्रीको सुचिमा नेपाली मुलका युवा पराग पाठक परेका छन् । ४५ वर्ष मुनीका २५ अर्थशास्त्रीहरुको सुचि बनाइएको अन्तर्राष्टिय मुद्रा कोष (आइएमएफ)को प्रकाशन ‘फाइनान्स एण्ड डेभलपमेन्ट’ मा उनी परेका हुन् ।
अमेरिकाको म्यासाचुसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजीका प्राध्यापक ३४ वर्षीय पाठक अमेरिकामै जन्मे हुर्के पनि नेपाली आमाबाबुका सन्तान हुन् । अप्लाइड म्याथम्याटिक्सका स्नातकोत्तर उनले हार्वार्ड विश्वविद्यालयबाट विजनेस इकोनमिक्समा विद्यावारिधि गरेका छन् ।
२५ जनाको सूचिमा २३ जना अमेरिकाकै विश्वविद्यालयमा अध्ययन् गरेकाहरु छन् भने एक जना बेलायत र एकजना फ्रान्समा । त्यसैगरी उक्त सूचिमा अधिकांश अमेरिकी र दोस्रोमा फ्रान्सेली परेका छन् भने भारतीय नागरिक १ जना छन् ।
प्रतिक्रिया