वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सम्राट सुज प्रा.लिले आफ्नो उत्पादनको विक्रि सुरु गर्यो, पहिलो शो–रुम पुतलीसडकमा

अर्थटुडे
२०७१ भाद्र १७, मंगलवार

काठमाडौं । सम्राट सुज प्रा.लिले आफ्नो उत्पादन जुत्ता चप्पलको पहिलो शो रुम पुतलीसडकको कुमारी बैंक अगाडी मंगलबार खोलेको छ ।10401538_592574524173702_406478557825635678_n स्वदेशी तथा विदेशी कच्चापदार्थबाट दक्ष जनशक्ति र आधुनिकप्रविधिको प्रयोगरी स्वदेशमा नै उतकृष्ट जुत्ता चप्पल विक्रिवितरण गर्ने उदेश्यले खोलीएको सो कम्पनीले पहिलो पटक काठमाडौमा कारोबार सुरु गर्नका लागि सो शो–रुम खोलिएको हो ।
कम्पनीका सञ्चालक राजेश खनालका अनुसार कम्पनीले हाल दैनिक एक सय जोडी जुत्ता चप्पल उत्पादन गर्दै आएको छ । कम्पनीले निकट भविष्यमा दैनिक २५० र एक वर्षभित्रमा दैनिक ५०० जोडी जुत्ता चप्पल उत्पादन गर्ने लक्ष्य राखेको पनि खनालले जानकारी दिए ।
कम्पनीका प्रबन्ध निर्देशक प्रमोदकुमार महतोले आफूहरुले जुत्ता चप्पल उत्पादन गर्दा उपभोक्ताको सन्तुष्टीलाई पहिलो प्राथमिकतामा राखेकोले उपभोक्ताहरुले मनपाउनेमा आफू विश्वस्त रहेको बताए ।
कम्पनीले आफ्नो पहिलो आधिकारीक शो रुम शुभारम्भको अवसरमा पहिलो दिन ३० प्रतिशत र पहिलो हप्ताभरी २५ प्रतिशत विशेष छुट दिने जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ