काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा सेप्टेम्बर ६ तारिखमा नेपाल फेष्टिवल आयोजना हुने भएका छ । हरेक २ वर्षमा नेपाली दुतावास र गैर आवसिय नेपाली संघ अस्ट्रेलियाको संयुक्त आयोजनामा हुने कार्यक्रम यसपटक हार्वरस्थित तुम्वालोङ पार्कमा हुनेछ ।
फेष्टिवलमा नेपाली खानाका स्टल, नेपाल चिनाउने सामग्री, सांस्कृतिक कार्यक्रम र नेपाली व्यवासायीका स्टल रहनेछज् । यसैगरी कलाकारहरु अनिल सिंह, निमा रुम्बा, शिरिष देवकोटाका साथै स्थानीय कलाकारको समेत बेजोड सांगितिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।
फेस्टिवल आयोजनाका लागि विभिन्न २२ वटा समिति बनाइएको छ । आयोजक एनआरएन अस्ट्रेलियाले यसपटक ३० हजार भन्दा बढी नेपाली उपस्थित रहने अनुमान गरेको छ ।
प्रतिक्रिया