वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राष्ट्र बैंकले बैंकहरुमा १ अर्व ३ करोड निक्षेप राख्ने, एक वर्षे मुद्दतीका लागि प्रस्ताव माग्यो

अर्थटुडे
२०७१ भाद्र १८, बुधबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा १ अर्व ३ करोड ६१ लाख रुपैयाँ मुद्दती निक्षेप राख्ने भएको छ । एक वर्ष अवधिको उक्त निक्षेपका लागि केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थासँग गोप्य प्रस्ताव माग गरेको छ । उक्त रकममध्ये बाणिज्य बैंकहरुलाई ८२ करोड ८९ लाख ५० हजार, विकास बैंकलाई १० करोड ३६ लाख र फाईनान्स कम्पनीलाई १० करोड ३६ लाख रुपैयाँ छुट्याएको छ ।

nepal rastra bank
उक्त रकम २०७१ असोज १ गतेदेखि २०७२ भदौ ३१ गतेसम्म मुद्दतीमा राखिने केन्द्रीय बैंकले जनाएको छ ।
रकम राख्न चाहाने बैंक तथा वित्तीय संस्थाले न्युनतम ५० लाख रुपैयाँदेखिका लागि प्रस्ताव गर्न सक्नेछन् । आफुले प्रदान गर्नसक्ने व्याजदरसहित गोप्य शिलबन्दी प्रस्ताव भदौ २० गतेसम्म बुझाउनुपर्ने केन्द्रीय बैंकद्वारा जारी सुचनामा उल्लेख छ ।
रकम राख्नका लागि संस्था संचालनमा आएको २ वर्ष भएको, निष्कृय कर्जा ५ प्रतिशतभन्दा कम भएको लगायतका शर्त राखेको छ ।

शर्तहरुः

  • बैंक तथा बित्तिय संस्था संचालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको ।
  • बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको ।
  • निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको ।
  • खूद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेको ।
  • कर्जा स्वदेशी निक्षेप र प्राथमिक पूजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको ।
  • निकटतम अघिल्लो आ.व.मा सञ्चालन मुनाफा ( ब्यबस्था पछिको ) मा रहेको ।
  • रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको ।
  • लगानी गरिने संस्थाको कुनै पनि संचालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी संचालक लाई यस बैंकले
  • जरीवाना वा कारवाही गरेको अवस्थामा सो कारवाही भएको दुई वर्ष पुरा भएको ।
  • शीघ्र सुधारात्मक कारवाहीमा परेको भए, फुकुवा भएको कम्तीमा छ महिना पुरा भएको ।
  • नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिमको कारवाहीमा परी समस्याग्रस्त घोषण नभएको ।
  • समस्याग्रस्त घोषणा भएकोमा सो फुकुवा भएको छ महिना अवधि पुरा भएको ।
  • सर्बसाधारणको लागि छुटयाईको शेयर जारी गरीसकेको ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ