वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सानिमा बैंकको १५ % प्रतिशत बोनस सेयर

अर्थटुडे
२०७१ भाद्र १८, बुधबार

sanima-bankकाठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०७०\७१ को नाफाबाट सेयरधनीलाई १५ प्रतिशत वोनस सेयर वितरण गर्ने भएको छ । बैंक संचालक समितिको बुधबार बसेको बैठकले गरेको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाबाट पारित भएपछि लागू हुनेछ ।

बैंकले आव २०७०\७१ मा ४२ करोड ७५ लाख रुपैयाँ खुद नाफा गरेको छ । जुन अघिल्लो आवभन्दा करिब ४०.१७ प्रतिशत बढी हो । उक्त अवधिमा बैंकले २४ अर्ब ८७ करोड निक्षेप संकलन गरी २० अर्ब ३७ करोड कर्जा लगानी गरेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ