वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थशास्त्री डा.चिरञ्जीवी नेपालको पुँजीवजार विश्लेषण, त्रासमा लगानी गर्नुपर्दा सधै बजार तलमाथी भइरहेको छ

अर्थटुडे
२०७१ भाद्र १९, बिहीबार

सबैभन्दा ठूलो त्रास चाही सेयरमा खेल्ने सेमी अटो मेसनको सफ्टवेयरका कारण हो जुन आउटडेटेड भएको दुई वर्षभन्दा बढी भइसक्यो । कुनैपनि बेला त्यो सफ्टवेयर कोल्याप्स हुन सक्छ । यदी सो कोल्याप्स भएमा १० खर्वको बजारमा खत्तम हुन्छ ।


 

मार्केट मेकर छैन, संस्थागत लगानीकर्ता छैनन्, म्युचियल फन्डहरु लागु गरिएको छैन, सिडिएस पूर्ण रुपमा लागु भएको छैन, फूल अटोमेसन हुन सकेको छैन, अनलाईन ट्रेडिङ हुन सकेको छैन । यी यावत कुराहरुका कारण बजारमा उतार चढाव आएका हुन् ।

Dr Chiranjibi Nepal

डा.चिरञ्जीवी नेपाल

केही दिन यता सेयर बजारमा उतारचढाव आएको छ भने सँगसँगै पुँजीबजारमा उत्साह पनि देखिएको छ । पुँजी बजारमा नयाँ लगानीकर्ताहरु जसरी आउनुपर्ने हो त्यसरी नआएपनि विस्तारै पुँजीबजारप्रति लगानीकर्ताहरुको आकर्षण भने बढेको छ । लगानीकर्ता भित्र्याउनका लागि धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जले विभिन्न कार्यक्रमहरु ल्याउनुपर्नेमा उनीहरुले नयाँ लगानीकर्ता भित्र्याउनका लागि ति संस्थाहरुले केही गरेका छैनन् ।

अहिले जतिपनि नयाँ लगानीकर्ताहरु आएका ति सवै आफ्नै स्वविवेकले आइरहेका छन् । अझै अन्य क्षेत्रमा लगानीका लागि वातावरण बनीसकेको छैन, जसले गर्दा बजारमा प्रशस्त रकम भएपनि लगानी गर्ने ठाउँ नहुदा रकम पुँजीबजारतिर  आइरहेको छ जसले पुँजीबजार उतारचढाव भइरहेको छ । सेयरबजार उतारचढाव हुनुमा अन्य कारणहरु पनि रहेका छन् । नेप्सेको राम्रोसँग चेक गर्ने उपकरणहरु धितोपत्र बोर्डले बजारमा ल्याउन सकेको छैन, जस्तै सिडीएस प्रणाली पूर्ण रुपमा लागु गर्दा लगानीकर्ताहरुले विश्वास गर्छन जसको कारण बजार माथि जान्छ । धितोपत्र वोर्डको नियमावलीमा पनि परिवर्तन गरी अन्तराष्ट्रियस्तरको नियमावली बनाउनुपर्छ । संस्थागत बाह्य लगानी पनि हामीले ल्याउन सकिरहेका छैनौ ।

एनआरएनको लगानी समेत ल्याउन सकिएको छैन । काठमाडौँभन्दा बाहिर सेयरबजार विस्तार गर्ने भनिए पनि त्यो हुन सकेको छैन । त्यसले गर्दा सधै त्रासमा सेयर बजार तलमाथि भइरहेको छ ।

सबैभन्दा ठूलो त्रास चाही सेयरमा खेल्ने सेमी अटो मेसनको सफ्टवेयरका कारण हो जुन आउटडेटेड भएको दुई वर्षभन्दा बढी भइसक्यो । कुनैपनि बेला त्यो सफ्टवेयर कोल्याप्स हुन सक्छ । यदी सो कोल्याप्स भएमा १० खर्वको बजारमा खत्तम हुन्छ ।

किनभने मेरो पालीमा सेमी अटोमेसन गरेको हो । सफ्टवेयर कोल्याप्स हुन सक्छ । त्यतातिर पनि ध्यान नपुग्नु, फुल अटोमेसनमा जानुपर्नेमा त्यो पनि हुन नसक्नु यी कारणहरुले गर्दा जनतामा पूर्ण रुपमा विश्वास बढ्न सकेन जसले सेयरबजारमा उतारचढाव आएको हो ।

धितोपत्र बोर्डमा अध्यक्षको रुपमा जादा इन्डेक्स तीन सयमा थियो म १४ महिना बस्दा नौ वटा नियमावली लिएर आए जसले पुँजीबजारको सिष्टम बसाल्यो, लगानीकर्तालाई सुरक्षित बनायो । ति नियमावलीहरुकै कारण ५० हजारबाट बढेर लगानीकर्ता १२ लाख पुगे ।

लगानीकर्तालाई सुरक्षित गराउन विभिन्न औजारहरु धितोपत्रबोर्डले ल्याउनुपर्ने हुन्छ । त्यो ल्याउन नसकिएकोले पनि बजार स्थिर नदेखिएको हो । मार्केट मेकर छैन, संस्थागत लगानीकर्ता छैनन्, म्युचियल फन्डहरु लागु गरिएको छैन, सिडिएस पूर्ण रुपमा लागु भएको छैन, फूल अटोमेसन हुन सकेको छैन, अनलाईन टे«डिङ हुन सकेको छैन । यी यावत कुराहरुका कारण बजारमा उतार चढाव आएका हुन् ।


बैंक तथा वित्तिय सस्थालाई निर्देशन जारी गर्दा राष्ट्र बैंकले स्टक एक्सचेन्ज र धितोपत्र बोर्डसँग सल्लाह गुर्नपर्छ तर राष्ट्र बैकले सल्लाह नगरी निर्देशन जारी गर्यो । यो छाडापनको पनि चरम सिमा भयो ।


धितोपत्रबोर्डले गलत गर्नेलाई कारबाही गर्ने आधार बनाउन सकिरहेको छैन, सर्भिस शसक्त बनीरहेको छैन त्यसले गर्दा पुजीबजारमा हलचल आएको हो ।

बजारमा इन्साइडर ट्रेडिङ, स्पेकुलेन र म्यानुपुलेसन भइरहेको हुन्छ । इन्साइडर टे«डरलाई कारबाही गर्ने, स्पेकुलेसन, म्यानुपुलेसनलाई रोक्ने सवै काम स्टक एक्सचेन्स र धितोपत्र बोर्डको नै हो ।

कारबाहीको व्यवस्था गर्न सकेमा बजारमा देखिएको यस्तो असहज परिस्थितिलाई सामान्य हुन्छ । एकातिर यस्तो अवस्था आउनुमा सरकारको पनि गम्भीर कमजोरी हो भने लगानीकर्ता अझै जागरुक नहुनु पनि हो ।

लगानीकर्ताले प्रेसर गरेमा बजार राम्रो हुन्छ भने राज्यले पनि पुँजी बजारलाई ध्यान दिनु जरुरी रहेको छ । अहिले पुँजीबजारलाई राज्यले ध्यान दिएको छैन । १० खर्वको पुँजीबजारलाई राज्यले वेवास्ता गरेको छ ।

पुँजीबजारको मामिलामा धितोपत्रबोर्ड कमजोर भएको छ, बोर्डले चाहे नसक्ने होइन तर त्यसको लागि अर्थमन्त्रालयले पनि सहयोग गर्नुपर्छ । पुँजी बजारको नेतृत्व दिन सरकार र नेतृत्वमा बस्नेहरु पनि सक्षम नभएको कारण बजारमा समस्या भएको हो ।

नेपाल राष्ट्र बैंकले पनि धितोपत्र बोर्डलाई पेलेको छ । राष्ट्र बैकले पुँजी बजारलाई हेर्ने हैन । उसले बजारलाई प्रभावित पार्ने निर्देशन जारी गर्दा धितोपत्र बोर्डसँग सल्लाह गरेर जारी गर्नुपर्छ । तर राष्ट्र बैंकले चाहेको बेला निर्देशन जारी गर्छ जसले गर्दा पुँजीबजार नराम्रोसँग प्रभावित हुन्छ ।

बैंक तथा वित्तिय सस्थालाई निर्देशन जारी गर्दा राष्ट्र बैंकले स्टक एक्सचेन्ज र धितोपत्र बोर्डसँग सल्लाह गुर्नपर्छ तर राष्ट्र बैकले सल्लाह नगरी निर्देशन जारी गर्यो । यो छाडापनको पनि चरम सिमा भयो ।

जति पावरफूल राष्ट्र बैंक छ, उति नै अधिकार पुँजी बजारमा धितोपत्र बोर्डको पनि रहेको छ ।  एउटालाई असर पर्ने काम अर्कोले गर्नु हुदैन । राष्ट्र बैंकले जवरजस्ती निर्देशिका जारी गरेको छ ।

राष्ट्र बैंकले बजारमा मुल्य बढ्छ भनेर बैंक तथा वित्तिय संस्थाबाट रकम तानेको छ । पैसा ठूला आयोजनाहरुमा आवश्यकता छ तर ति आयोजनामा बैंक तथा वित्तिय संस्थाले लगानी गर्न सकिरहेको छैन । ति संस्थालाई प्रेसर दिएर लगानी गर भन्नुपर्नेमा उल्टै उनीहरुलाई सरल गराएर भएको पैसा पनि प्रसोचन गरेर बजारमा नै पैसा आउन नदिने वातावरण बनाउन त राष्ट्र बैंकले हुदैन ।

बजारमा अनुगमन र नियमन गरीरहनु पर्छ । बजारमा नबुझेर लगानी गर्नेहरु पनि हुन्छन नै । त्यसैले मैले भन्ने गरेको छु यो जुवा हैन भनेर यसको भ्यालु पनि कम हुन्छ । नवुझेर लगानी गर्ने मानिसहरु संसारमा हुन्छन् नै ।

बजार सुधारका लागि बोर्ड चाल्नुपर्ने कदम
पुँजीबजारमा भौतिक संरचनालाई मजवुत बनाउनु अत्यन्तै जरुरी रहेको छ । यसलाई फूल अटोमेसनमा लैजानुपर्दछ ,नयाँ नयाँ औजारहरु ल्याउनुपर्छ जस्तै नियमावलीमा परिवर्तन, बोर्डलाई दक्ष जनशक्ति अभाव हुन नदिने भने बजार नियमन र सुपरिवेक्षण गर्नका लागि बोर्डको क्षमता अभिवृद्धि गर्नु जरुरी रहेको छ ।
जसले पुँजीबजारलाई अनुगमन र सुपरिवेक्षण गर्न सकोस् । सिडिएसलाई पुर्णरुपमा सञ्चालन गर्नुपर्छ, मार्केट मेकर बनाउनुपर्छ भने म्युचल फण्ड खोल्न अझै दिनु पर्छ ।

एनआरएन तथा संस्थागत बैदेशिक लगानी भित्र्याउनका वातावरण बनाउनुपर्छ, मुद्रापरिवर्तीय बनाउनुपर्छ भने बैंक तथा वित्तिय संस्थासँग सम्बन्धित ऐन नियमलाई परिवर्तन गर्नुपर्छ । यी चिजहरु तत्काल गर्न सकेमा लगानीकर्ताहरु पनि भित्रन्छ भने बजार पनि राम्रो हुन्छ ।

अर्को सवैभन्दा महत्वपूर्ण कुरा भनेको नेपाल स्टक एक्सचेन्जलाई तुरुन्त निजीकरण गुर्नपर्दछ । निजीकरण गर्दा नेप्सेका समस्याहरु हल भएर जान्छ कीनकी निजी संस्थाले फाइदा खोज्छ, फाइदा कमाउनका लागि उसले अत्याधुनिक उपकरणहरु प्रयोग गर्दछ । वण्ड मार्केट पनि बढाउनु जरुरी रहेको छ, अहिले वण्ड मार्केट २ प्रतिशत समेत छैन । यी सवैका पछाडी अर्थमन्त्रालयको महत्वपूर्ण भुमिका रहेको छ । अहिले जतिपनि समस्या पुँजी बजारमा आएका छन् अर्थमन्त्रालय, बोर्ड र स्टक एक्सचेन्जको लापरवाहीका कारण नै आएका छन् ।  यिनीहरु सचेत भएका पुँजीबजारमा देखिएको समस्या हल भएर जान्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ