काठमाडौं । साताको अन्तिम दिन पनि सेयर बजार १२.२७ अंकले घटेको छ । साताको पहिलो दिनदेखि नै घट्न सुरु गरेको नेप्से विहिबार पनि घटेर ९२१.६९ अंकमा अडिएको छ ।
विहिबार सम्पुर्ण समूहगत परिसुचांक पनि घटेको छ । बजार घट्ने क्रममा रहेपछि कारोबार पनि सुस्ताएको छ । यस दिन कारोबार ३९ करोड ९२ लाख रुपैयाँ बराबरको ८ लाख ६३ हजार कित्ता सेयर किनवेच भएको छ ।
प्रतिक्रिया