वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पीडीए सम्झौताले ले २२ अर्व घाटा हुन्छः माओवादी नेता पोखरेल

अर्थटुडे
२०७१ भाद्र १९, बिहीबार

काठमाडौं । भारतसँग पिडिए सम्झौता भएमा नेपालको २२ अर्व घाटा हुने सरोकारवालाहरुले बताएका छन् । उनीहरुले भारतसँग पिडिए भएमा देशको प्राकृतिक स्रोत साधनमाथि पूर्ण रुपले भारतको हस्तक्षेप कायम हुने र २२ अर्व रुपैयाँ समेत घाटा हुने भएकोले भारतसँग पिडिए नगर्नका लागि सरकारसँग आग्रह गरेका छन् ।

मिडिया इन्टरनेसनलले बिहीबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा एनेकपा माओवादीका नेता लिलामणी पोखरेलले संविधान छलेर उक्त पिडिए सम्झौता हुन लागेको आरोप लगाए ।
विद्युत बेचेर नेपाल धनी हुने सपना सोचेका विभिन्न राजनितिक दलहरुले नेपाली जनताको आखाँमा छारो हाल्ने काम गरेको भन्दै उनले भएको सम्भावनाको जरै बेचेर देश गरीव हुने तर्क गरे ।

कच्चा पदार्थ विक्रि गरेर देश धनी हुन नसक्ने भन्दै उनले अपर कर्णाली परियोजना निकै सस्तो परियोजना भएका कारण यसमा नेपालीहरुकै लगानी हुनु पर्नेमा जोड दिए ।

जलमाफियाहरुका कारण पिडिए सम्झौता हुन लागेको बताउँदै नेता पोखरेलले उक्त पिडिए सम्झौता भए भारतको आक्रमण नेपाल सधै भइरहने बताए ।

भारतसँगको पिडिए सम्झौताले नेपाललाई करिब २२ अर्ब रुपैयाँ घाटा हुने भन्दै
उनले उक्त सम्झौताको चौतर्फि विरोध आवश्यक रहेको उल्लेख गरे । सोही कार्यक्रममा जलस्रोत विज्ञ सन्त बहादुर पुनले अपर कर्णाली सम्झौतामा ३ सय मेगावाट विद्युत मात्र भारतले लैजान पाउने भनिएको तर भारतले अन्तिममा ९ सय मेगावाट विद्युत भारत लैजाने संझौता बनाएको आरोप लगाउदै त्यो कदापी हुन नसक्ने बताए ।

भारतसँग पिडिए सम्झौता गरे नेपालले निकै ठुलो घाटा व्यहोरनु पर्ने बताउँदै उनले माथिल्लो कर्णलीमा देशले ठुलो अधिकार गुमाउने खतरा रहेको भन्दै पीडीए संझौता हुन नहुने उल्लेख गरे । उनले उपर कर्णाली परियोजना संसारकै सबैभन्दा सस्तो परियोजना भएका कारण यस परियोजनामा नेपालीहरुकै लगानी हुनु पर्ने समेत बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै कर्णाली जलाधार संरक्षण समाजका अध्यक्ष लोकबहादुर राउतले उक्त पिडिए सम्झौता नेपालको पक्षमा नरहेको आरोप लगाए । पिडिए सम्झौता भारतको पक्षमा हुने भएका कारण यस सम्झौताबाट नेपालमा ठुलो दंगा फैलीने चेतावनी दिए ।
पिडिए सम्झौतामा नेपाललाई घाटा हुने गरि प्रावधान गरेका कारण यस सम्झौता नगर्न उनले आग्रह गरे । उनले पिडिए सम्झौता भएको दिन देखिनै नेपाललाई दैनिक १५ लाख भन्दा बढिको घाटा हुने उल्लेख गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ