वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

टेलिकमको घरघरमा फाइवर इन्टरनेट सेवा शुक्रवारदेखि सुरु

अर्थटुडे
२०७१ भाद्र २०, शुक्रबार

काठमाडौं । नेपाल टेलिकमले ‘घरघरमा फाइबर’ इन्टरनेट सेवा शुक्रबारदेखि सुरु गरेको छ । श्रव्य एवम् दृश्य द्रुत गतिमा प्रवाह गर्ने ‘फाइबर टु होम’ सेवाले सबै ग्राहकको मन जित्ने विश्वास कम्पनीको विश्वास रहेको छ ।PIC - Copy

टेलिकमको सो सेवा व्यापारिक प्रतिष्ठान तथा इन्टरनेटको अत्यधिक उपयोग गर्ने सेवाग्राही लक्षित हो । शुक्रवार सो सेवाको उद्घाटन गर्दै सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले देशभरका सेवाग्राहीलाई गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए ।

मन्त्री रिजालले एडिएसल, मोबाइललगायत नेपाल टेलिकमले प्रदान गर्ने सेवाको गुणस्तरीयता सुनिश्चित हुनुपर्नेमा जोड दिए । उनले भने– सेवाग्राहीलाई हरतरहले विश्वसनीय एवम् भरपर्दो सेवा दिएर सन्तुष्ट पार्न टेलिकम इमानदारीपूर्वक लाग्नुपर्छ ,त्यसका लागि सरकारका तर्फबाट पूर्ण सहयोग हुनेछ ।

टेलिकमले आफ्नो प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्दै मुलुकका अन्य दूरसञ्चार सेवा प्रदायकहरूसँग खरो स्पर्धामा उत्रनु आजको आवश्यकता भएको मन्त्री रिजालले बताए । दूरसञ्चारका सबैखाले सेवालाई सर्वसुलभ, सस्तो र गुणस्तरीय तुल्याउन सूचना तथा सञ्चार मन्त्रालय लागिपरेको स्पष्ट गर्दै उनले टेलिकमलाई अझ सबल र सुदृढ बनाउन उक्त संस्थानमा कार्यरत कर्मचारी पनि गम्भीर भएर लाग्नुपर्नेमा जोड दिए ।

टेलिकमका कर्मचारी आफ्नो दायित्वबाट विमुख हुन नहुने भन्दै उहाँले त्यस्ता कर्मचारीलाई कारबाही गर्न पनि आफू पछि नपर्ने चेतावनी दिनुभयो । इन्जिनियर नै सञ्चार सचिव र टेलिकमका प्रबन्ध निर्देशक भएका बेला टेलिकमको चौतर्फी उन्नयन र अत्याधुनिक प्रविधिको प्रयोगमा उक्त संस्था पछि पर्न नहुने उनको आशय थियो ।

सूचना तथा सञ्चारमन्त्रालयका कायममुकायम सचिव सुनिलबहादुर मल्लले नवीनतम प्रविधिको उपयोग गर्दै धेरैभन्दा धेरै जनतासामु सेवा पु¥याउन टेलिकमलाई आग्रह गरे । अत्याधुनिक प्रविधि समयमै भित्र्याउन नसके पछि आइपर्ने अप्ठारालाई हृदयङ्गम गरी आफ्नो क्षमता बढाउन टेलिकमलाई अनुरोध गर्दै उहाँले पूर्वाधारयुक्त कम्पनी भएकाले उपलब्ध अवसरको उपयोग गर्न सुझाव दिए ।

त्यसैगरी नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले सेवाग्राहीलाई स्तरीय सेवा प्रवाह गर्न कम्पनी लागिपरेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ