वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बजेटमा राजनीतिक नगरौ, समयमै ल्याऔः पूर्व अर्थमन्त्री पुन

अर्थटुडे
२०७१ जेष्ठ २४, शनिबार

शिक्षामा बजेट बढाएर ८० अर्व बनाएका छौः अर्थसचिव

काठमाडौ । पूर्व अर्थमन्त्री वर्षामान पुनले देश विकासको मेरुदण्डको रुपमा रहेको बजेटमा राजनीति गर्न नहुने बताएका छन । शनिवार भएको एक साक्षात्कारमा उनले बजेटमा लामो समयदेखि राजनीति हुँदा राष्ट्रिय गौरबको आयोजना प्रभावित भएको उल्लेख गर्दै तत्काल संसदमा प्रिबजेटमाथि छलफल सुरु गरेर समयमै पूर्ण बजेट ल्याउनु पर्नेमा जोड दिए ।

पुनले सरकारले चार बुँदे सहमति कार्यान्वयनमा प्रतिबद्धता ब्यक्त गर्दै आईतवारबाटै संसदको अवरोध खुलाएर बजेटमा रचनात्मक सहयोग गर्न आफूहरु तयार रहेको स्पष्ट पारे ।

उनले रकमान्तर अर्थमन्त्रीको बाध्यता भएपनि ठूला ठूला आयोजनामा मात्रै रकमान्तर गर्नु पर्ने सुझाव दिदै कार्यकर्ता पोस्ने गरि भएका साना साना आयोजनामा गरिएको रकमान्तरप्रति आफूहरुको आपत्ति रहेको बताए ।

उनले तीन खम्बे अर्थनीति अनुसार नै यूवाहरुलाई स्वरोजगार गर्ने, कृषिमा आधुनिकीकरण गर्ने, पर्यटनको विकासकोलागि पोखरा र लुम्बिनीमा क्षेत्रीय विमानस्थल निर्माण गर्ने, उर्जाको विकास लगायतका विषयलाई प्राथमिकतमा राखेर बजेट ल्याए आफूहरुले समर्थन गर्ने समेत साक्षात्कारमा स्पष्ट पारे ।

प्रधानमन्त्रीका अर्थ सल्लाहकार डा चिरञ्जिवी नेपालले प्रधानमन्त्रीको चीन भ्रमणले ननेपालको अािर्थक विकासको ढोका खोलेको दावी गर्दै त्यसको लागि छिट्टै चीनसँग विप्पा सम्झौताको तयार गरिरहेको जानकारी दिए । उनले चीनले नेपाललाई ईकोनोमिक कोरिडोरको रुपमा हेरेको उल्लेख गर्दैै ईन्फास्ट्रक्चर फण्डमार्फत नेपालको कृषि, पूर्वाधार, जडिबुटी र जलविद्युतमा लगानी गर्ने तयारी गरिरहेको बताए ।

अर्थविद्ध डा विश्वम्भर प्याकुरेलले जनताको भावना समेट्ने खाल्को समयमै खर्च गर्न सकिने बजेट ल्याउन ल्याउन सुझाव दिदै मुलुकको मुल आर्थिक नीतिले जनतामा परिवर्तन ल्याउन सक्नु पर्नेमा जोड दिए । आगामि २२ सम्ममा मुलुकलाई विकासशिल राष्ट्रको सूचिमा उभ्याउन अझै डेढ खर्व लगानी बढाउनु पर्नेमा जोड दिदै पूजि निर्माण र जनसहयोगको लागि रकमान्तर गर्नु अनुपयूक्त नहुने टिप्पणी गरे ।

अर्थसचिव युवराज भुषालले आगामि बजेटले उर्जा, पूर्वाधार र खानेपानीमा विशेष लगानी गरिने गरि ब्यवस्था गरिएको जानकारी दिदै शिक्षा क्षेत्रमा लगानी बढाएर ८० अर्व पुर्याईएको बताए ।

सरकारले जेठ भरीमै ल्याउने गरी ५ खर्व ९६को बजेट तयार गरिएको जानकारी दिदै भोली नै संसदको अवरोध खुले प्रिबजेटमाथि छलफल सुरु गरेर असार १५ गतेभित्र बजटे ल्याउन सकिने स्पष्ट पारे । उनले ट्रान्मिसन लाईन र कृषिको आधुनिकीकरणमा समेत बजेटमा जोड दिईने भन्दै पूर्वाधार निर्माणको नाममा कृषि योग्य जमिनको क्षयीकरण रोक्ने योजना समेत ल्याउने तयारी गरिरहेको जानकारी दिए ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ