वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सार्वजनिक यातायातमा सुधार गरेमात्र दूर्घटना कम गर्न सकिन्छ : सरोकारवाला

अर्थटुडे
२०७१ भाद्र २१, शनिबार

काठमाडौं । नेपालको यातायात क्षेत्रको सुधारमा सरोकारबालाहरु निकायबिच समन्वयनको अभाव देखिएको सम्बद्ध व्यक्तिहरुले बताएका छन् । अटोमाबाइल क्षेत्र अर्थतन्त्रको आधार भएपनि नितीगत तहमा अटोमाबाइल क्षेत्रलाई समेट्न नसकेको स्पष्ट पारेका छन् ।

IMG_8176IMG_8176

नेपाल अटो पत्रकार संघले नाडा अटो शो २०१४ को अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजना गरेको यातायात क्षेत्रको समस्या र समाधान विषयक कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव तुलसी सिटौलाले सवारी क्षेत्रको सुधार गर्न त्यति सहज नभएको बताए ।

उनले काठमाडौंको ट्याक्सीको सुधार गर्न खोज्दा व्यवसायीहरुबाट नै विरोध आएको भन्दै यातायातको हरेक क्षेत्रमा सुधार कार्यक्रम ल्याउँदा विरोध हुने गरेको खुलासा गरे ।
सचिव सिटौलाले विगतमा सरकारले यातायात संचालन गर्न हुँदैन भन्ने नीति नै गलत भएको स्विकार गर्दै अहिले त्यसमा सुधार गर्दै साझा यातायात संचालन पुन शुचारु गरिएको जानकारी दिए । उनले अटोमोबाइल क्षेत्रले अर्थतन्त्रलाई गतिशिल बनाउने भएपनि त्यसमा सुधार गर्न विशेष कार्यक्रम ल्याउन ढिलाई भइसहेको बताए ।
कार्यक्रममा नेपाल अटोमोबाइल डिलर्स एशोसियसनका अध्यक्ष शेखर गोल्छाले सरकारी निकायले अटोमोबाइललाई अनावश्यक खर्च गर्ने क्षेत्रको रुपमा हेर्दा चुनौती बढेको बताए । उनले अटोमोबाइल क्षेत्रले उत्पादकत्व बढाउने र अर्थतन्त्रलाई अगाडि लैजाने भन्ने विषयमा सरकारी निकायलाई अझै पनि बुझाउन नसकेको गुनासो गरे ।

अध्यक्ष गोल्छाले अहिले सकड सुरक्षाको अवस्था निकै कमजोर भएको भन्दै सार्वजनिक गाडिमा सुधार, मापदण्डको स्पष्टता र सचेतनामूलक कार्यक्रम गर्नसकेमा दुर्घटना घटाउन सकिने स्पष्ट पारे । उनले अटो पार्टसमा उच्च भन्सार दर हुँदा नक्कली र कमसल पार्टसको प्रयोगले सडक दूर्घटना बढाएको जिकिर पनि गरे ।
त्यसैगरी नाडाका पूर्व अध्यक्ष सौरभ ज्योतीले भेहिकल फिटनेस सेन्टर संचालन भए दूर्घटना कम गर्न सकिने बताए । उनले सरकारले अटोमोबाइल क्षेत्र र सडक कर भनेर अर्वौ राजश्व उठाउने गरेपनि दूर्घटना र सुरक्षा सचेतना कार्यक्रममा रकम खर्च नगरेको गुनासो गरे । सडक र यातायात क्षेत्रमा सरकारी निकायहरुबिचमा नै समन्वयको अभाव देखिएको उनको भनाई थियो ।

कार्यक्रममा नाडाका कोषाध्यक्ष कृष्ण दुलालले नेपालमा पनि लुब्रिकेन्ट उत्पादन हुन्छ भनेर सरकारी अधिकारीहरुलाई नै थाहा नभएको गुनासो गरे । उनले नेपालमा उत्पादन हुने वस्तुको लागि कच्चा पदार्थमा छुट दिनुपर्ने माग गर्दै नेपालमा पनि गुणस्तरीय लुब्रिकेन्ट उत्पादन हुने गरेको जानकारी दिए ।

नाडाका पूर्व महासचिव तथा व्यवसायी दिपक थापाले अहिले सरकार यूरो फोर मापदण्डको गाडि मात्र ल्याउने विषयमा गृहकार्य गर्न लागेको भन्दै गाडिको मर्मत र त्यसमा प्रयोग हुने इन्धनको मापदण्डको बारेमा पनि ध्यान दिनुपर्ने बताए ।
नेपाल अटो स्पोर्टस एशोसियसनका महासचिव गोविन्द भट्राईले नेपालमा यातायात क्षेत्रमा नीति भन्दा पनि त्यसको कार्यान्वयनमा समस्या आएको जिकिर गरे । उनले वर्कसपमा नै हरेक गाडिको मर्मत संभार हुने गरेको भन्दै वर्कसपबाट नै सडक सुरक्षा योजना शुरु गर्नुपर्ने बताए ।
कार्यक्रममा अटो मेकानिक्स संघका अधयक्ष दिपक खड्काले मेकानिक्सहरुले यातायात दूर्घटना नियन्त्रण गर्न अहम भूमिका निर्वाह गरिरहेपनि हेपिएको महसुस गरेको गुनासो गरे । उनले मेकानिक्सलाई अहिले पनि दलितको रुपमा व्यवहार गर्ने गरेको भन्दै टेक्निसियनको भूमिकालाई पनि सरोकारबाला निकायहरुले ध्यान दिनुपर्ने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ