वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपालमा आन्तरिक लगानीको प्रतिवद्धता १४२ % बढ्यो

अर्थटुडे
२०७१ भाद्र २१, शनिबार

काठमाडौं । एसियाली विकास बैंक (एडिबी) ले नेपालमा आन्तरिक लगानीको प्रतिबद्धता १४२ प्रतिशतले बढेको जनाएको छ । एक वर्षका अवधिमा आन्तरिक लगानीको प्रतिवद्धता डाटामा नै हेर्ने हो भने पनि ह्वात्तै भढको छ ।

सन् २०१३ मा ४२ प्रतिशत रहेको आन्तरिक लगानी प्रतिबद्धता सन् २०१४ मा १४२ प्रतिशत पुगेको पनि एडिबीले जनाएको छ । यो प्रतिबद्धता कुल गार्हस्थ उत्पादनको १५ प्रतिशत भएको र प्रतिबद्धा पुरा गरेअनुरुप लगानी भएर काम भएमा नेपाल विकासशिल राष्ट हुने आफ्नो लक्ष्य प्राप्तिका लागि चाडै पुग्ने छ ।
२०१२ मा देशको कुल गार्हस्थ उत्पादनको ५.५ प्रतिशत रहेको आन्तरिक लगानी प्रतिबद्धता २०१४ सम्ममा बढेको एडिबीले जनाएको छ । ऊर्जा क्षेत्रमा लगानीको उच्च प्रतिबद्धता भएकाले नेपालमा लगानी वृद्धिको अवस्था देखिएको एडिबीले जनाएको छ । एडिबीले सार्वजनिक गरेको म्याक्रोइकोनोमिक अपडेटका अनुसार ऊर्जा क्षेत्रमा लगानीको प्रतिबद्धता १५८ प्रतिशतले बढेको छ ।

चालु वर्षमा कुल २८९ अर्ब रुपैयाँको प्रतिबद्धता आएको एडिबीले जनाएको छ । कुल प्रतिबद्धताको ७३ प्रतिशत ऊर्जा क्षेत्रमा, १२।१ प्रतिशत निर्माण क्षेत्रमा, ६.३ प्रतिशत तथा पर्यटन क्षेत्रमा २ प्रतिशत लगानी प्रतिबद्धता प्राप्त भएको एडिबीले जनाएको छ ।
आर्थिक वर्ष २०७१\७२ मा यो उद्योग विभागमार्फत प्रत्यक्ष विदेशी लगानीको प्रतिबद्धता २१ अर्ब रुपैयाँ भन्दा धेरैको आएको छ । यो गत वर्ष भन्दा थोरैले बढि हो । गएको वर्ष १९ अर्ब ८० करोड रुपैयाँ प्रतिबद्धता आएको थियो ।

गतको वर्षको तुलनामा ऊर्जा क्षेत्रमा विदेशी लगानी प्रतिबद्धता ३०६ प्रतिशतले बढेको एडिबीले जनाएको छ । चीन र भारतबाट मात्रै ऊर्जा क्षेत्रमा प्राप्त कुल लगानीको ९१ प्रतिशत रहेको एडिबीले जनाएको छ । यस्तै एडिबीले आउँदो वर्ष पनि नेपालमा लगानीको प्रतिबद्धता अझै बढ्ने जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ