वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

साताभरमा सुन एक हजार सस्तो, अझै घट्ने आकंलन

अर्थटुडे
२०७१ भाद्र २१, शनिबार

काठमाडौं । नेपाली बजारमा यो साताभरमा सुन एक हजार रुपैयाँ सस्तो भएको छ । । साताको पहिलो दिनमा ५३ हजार ६ सय रुपैयाँ कायम रहेको सुन क्रमश ओरालो लाग्दै शुक्रबार ५२ हजार ६ सय रुपैयाँमा ओर्लिएको छ ।

अमेरिकी अर्थतन्त्र सुढृढ भई अमेरिकी डलर १३ महिना यताकै बलियो स्थितिमा पुगेपछि सुरक्षित लगानीको बिकल्प मानिएको सुनको मागमा विश्वव्यापी रुपमा कमी देखा परेको छ । जसका कारण सुनको भाउमा गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । डलर बलियो हुने क्रम यथावत रहेमा सुन अझै सस्तिने विश्लेषण गरिएको छ ।

युक्रेनको भू–राजनीतिक तनाव युद्धबिराम सँगै अन्त्य हुने आंकलनले पनि सुनको मागमा कमी आएको छ । इजरायल — हमास द्वन्द्व पनि युद्ध बिरामको कारण बन्दको स्थितिमा रहनु लगायतको कारणले सेयर बजारलाई फाइदा पु¥याएको छ भने लगानीेको अन्तिम विकल्पको रुपमा रहेको पहेलो धातुको मागमा घटेको छ महासंघले बतएको छ ।

यसैगरी युरोपियन केन्द्रीय बैंकले व्याजदर शुन्यको हाराहारीमा राखी राख्नु, समस्त युरोपको कुलग्राहस्थ उत्पादनमा केवल मन्द गतिको सुधारले पनि सुनको माग बढाउन सकेन । युरोपियन संघीय बैंकले पनि अमेरिकी संघीय बैंकको नक्कल गर्दै ऋण पत्र खरीदको कार्यक्रममा कटौती गर्ने घोषणा गर्नाले पनि सेयर बजारलाई नै फाइदा पु¥याएको र सुनको माग बढ्न सकेको छैन । अमेरिकी गैह्र कृषि क्षेत्रको बेरोजगारी दर बढेको देखिए पनि बैंकिङ ब्याजदर बढ्ने संकेतले गर्दा पनि सुनको माग बढ्न नसकेको महासंघले जनाएको छ ।

आगामी साता युक्रेन–रसिया एवं इराक र सिरियाको भू–राजनीतिक तरल अवस्थाले समेत सुनचाँदीको मूल्यलाई प्रभाव पार्ने र डलर बलियो रहने क्रम यथावत रहेमा सुनचाँदीको मूल्य क्रमशः ओरालो लाग्ने महासंघले आंकलन गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ