काठमाडौं । ग्लोबल आईएमई बैंकले आर्थिक वर्ष ०७०\०७१ को नाफाबाट सेयरधनीलाई २५ प्रतिशत लाभांस दिने प्रस्ताव गरेको छ । उक्त लाभांसमध्ये २१ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांस रहेको छ ।
बैंकको संचालक समितिको बैठकले गरेको उक्त लाभांस प्रस्ताव नेपाल राष्ट्र बैंकको स्विकृती र बैंकको आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ । बोनस सेयर वितरणपश्चात् चुक्ता पुँजी ५ अर्बभन्दा बढी पुग्ने, शाखा सञ्जाल र पुँजीको हिसावले निजी क्षेत्रको सबैभन्दा ठूलो बैंक हुने बैंकको दावी छ ।
प्रतिक्रिया