वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

झोलामा खोला बोकेर हिड्नेको लाईसेन्स रद्द गर्ने उर्जामन्त्री घोषणा

अर्थटुडे
२०७१ भाद्र २१, शनिबार

काठमाडौं । उर्जामन्त्री राधा ज्ञवालीले भारतसँग भएको उर्जा ब्यापार सम्झौता (पीटीए)ले मुलुकको विकासको ढोका खोल्ने दावी गरेकी छिन ।radha gawali रिपोर्टर्स क्लब नेपालले शनिवार गरेको साक्षात्कारमा उनले एमाओवादीसहित सबै राजनीतिक दलहरुको सहमतिमा पीटीए गरेको जानकारी दिदै यो सम्झौतापछि नेपालको उर्जा विकासमा भारतसहित चिन र दक्षिण एसियाको लगानीको ढोका खोलेको बताइन् । उनले उर्जा उत्पादन मात्र भन्दा पनि त्यसलाई विक्री पनि गर्नु पर्ने भएकोले सम्झौताले उर्जा क्षेत्रमा निजी क्षेत्रको लगानी समेत आर्कषित हुने विश्वास ब्यक्त गरिन ।

सचिवस्तरमा गरिएको उर्जा ब्यापार सम्झौतालाई अब बस्ने पहिलो मन्त्रीपरिषदको बैठकले अनुमोदन गरेर संसदमा पेश गर्ने जानकारी दिदै उनले उद्योग विकास सम्झौता (पीडीए) पनि गर्ने तयारी भईरहेको बताईन । माथिल्लो कर्णालीको पीडीए आफ्नो मन्त्रालयमा नरहेकोले लगानी बोर्डले त्यसको तयारी गरिरहेको उनले जानकारी दिइन् ।

ज्ञवालीले लामो समयदेखि लाईसेन्स लिएर उत्पादन नगरी झोलामा खोला बोकेर हिड्नेको लाईसेन्स रद्द गर्न अख्तियारले दिएको निर्देशन यथाशिघ्र चाँडो कार्यन्वयन गर्ने पनि उनले चेतावनी दिईन् । मन्त्री ज्ञवालीले प्रधानमन्त्रीसँगको भेटवार्ता पछि छानविन सुरु हुने बताईन ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ