वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सेयरबजारमा देखिएन सुधारको संकेत, साताभरमा नेप्से ५० अंकले घट्यो

अर्थटुडे
२०७१ भाद्र २१, शनिबार

काठमाडौं । सेयर बजार सुधारका लागि सरकार, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज, धितोपत्र बोर्ड, नेपाल इन्भेस्टर्स फोरमलगायतका सरोकारवालाहरुले अथक प्रयास गरेपनि सेयर बजारमा हरियो संकेत देखिएन । बरु उल्टै यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यो साताभर ५० अंकले घटेको छ । बजारमा बिक्री गर्नेको चाप बढेपछि कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य घटेर नकारात्मक असर समग्र बजार परिसूचकमा परेको हो ।

nepal stock exchangeसाताभर ४ दिन कारोबार भएको नेप्सेमा नेपाल टेलिकमसहित वाणिज्य बैंक, बिमा, जलविद्युत्, विकास बैंक, वित्त समूहका कम्पनीको सेयर मूल्य घटेको छ । नेप्सेमा कारोबार भएको पहिलो दिन आइतबार कारोबार सुरु हुँदा ९७२.१७ अंकमा रहेको नेप्से परिसूचक साताभर ५०.४८ अंकले घटेर अन्तिम दिन बिहीबार बन्द हुँदा ९२१.६९ मा झरेको छ ।

साता नेप्सेमा १ सय ६१ कम्पनीको १२ हजार ४ सय २ कारोबारबाट १ अर्ब ६६ करोड २५ लाख ६० हजार रुपैयाँबराबरका ३७ लाख ७८ हजार २० कित्ता सेयरहरू खरिद बिक्री भएका छन् । यो कारोबार रकम गत साताको तुलनामा ३४.२३ प्रतिशत थोरै हो ।
गत साता नेप्सेमा १ सय ७१ कम्पनीको १७ हजार २ सय ६४ कारोबारबाट २ अर्ब ५२ करोड ८५ लाख ३० हजार रुपैयाँबराबरका ५१ लाख ७३ हजार ९ सय १० कित्ता सेयरहरू खरिद बिक्री भएको थियो ।
यो साता नेप्सेमा चिलिमे हाइड्रोपावर कम्पनी धेरै रकम बराबरको सेयर कारोबार भएको छ । नबिल ब्यालेन्स फन्डको धेरै एकाइ खरिद बिक्री भएको छ । त्यसैगरी सेन्चुरी कमर्सियल बैंकको धेरै पटक सेयर किनबेच भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ