वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

६० करोड बराबरको एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड आउदै

अर्थटुडे
२०७१ भाद्र २२, आईतवार

काठमाडौं । एनएमबी बैंकको सहायक कम्पनीका रूपमा स्थापना भएको एनएमबी क्यापिटल लिमिटेडले सामूहिक लगानी कोष योजनाअन्तर्गत ६० करोड रुपैयाँ बराबरको एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड– १ को निष्कासनका हुने भएको छ । ५ वर्ष अवधिको उक्त फण्डका लागि शुक्रबार नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ ।

NMB Capital Ltd
योजनाको कोष प्रवद्र्धकको रूपमा एनएमबी बैंक छ भने कोष व्यवस्थापकको रूपमा एनएमबि क्यापिटल आफैं छ । असोज पहिलो साताभित्रमा निष्कासन बन्द गरिसक्ने लक्ष्यका साथ छिट्टै नै निष्कासनका लागि आह्वानपत्र प्रकाशन गर्ने तयारी गरेको एनएमबी क्यापिटलले जनाएको छ । ५ वर्ष अवधि रहेको उक्त योजनाको कुल निष्कासन रकम ६० करोड रहेको र आवेदनको आधारमा निष्कासन रकमको बढीमा २५ प्रतिशतसम्म थप गरी ७५ करोडसम्मको एकाइ बाँडफाँड गर्न सकिने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बाँडफाँड गरिने कुल रकमको १४ प्रतिशत कोष प्रवद्र्धक र १ प्रतिशत योजना व्यवस्थापकले बिज पुँजीको रूपमा लगानी गर्नेछन् । प्रति एकाइ १० रुपैयाँ रहेको उक्त योजनामा लगानीकर्ताले न्यूनतम १ सय कित्ता र बढीमा ६० लाख कित्तासम्म आवेदन गर्न पाउनेछन् ।

योजनाको सुपरभाइजरमा देशका विभिन्न क्षेत्रका ख्यातिप्राप्त ५ जना विज्ञ रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ