वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्से परिसुचक ९ सय भन्दा तल, आईतबार ४७ अंकले गिरावट

अर्थटुडे
२०७१ भाद्र २२, आईतवार

काठमाडौं । सेयर बजार परिसुचक (नेप्से) ८ सय अंकभन्दा तल झरेको छ । साउन पहिलो साता १ हजार १ सय अंक नजिक पुगेको बजार घटेर आईतबार उच्च अंकले गिरावट आएको हो । आईतबार नेप्से ४६.१३ अंकले गिरावट आई ८७५.५६ अंकमा झरेको छ । बजारमा तिव्र गिरावट आउन थालेपछि लगानीकर्ता निराश भएका छन् ।

chart (1)

 समग्र बजारसँगसँगै विहिबार सबै समूहगत परिसुचकहरु पनि घटेको छ । बैंकिङ ५२.५९, होटल ८.११, विकास बैंक १६.५९, हाइड्रो १७०.१५, फाइनान्स ११.८५, इस्योरेन्स १६१.२२ उत्पादनमुलक ०.६८ र अन्य समूह २७.०१ अंकले गिरावट आएको छ ।

आईतबार १ सय २६ कम्पनीको ५० करोड १७ लाख बराबरको सेयर कारोबार भएको छ । यसैगरी २ हजार ९ सय १८ कारोबारबाट १८ लाख २९ हजार कित्ता सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

यसअघिजस्तै बजार घट्ने त्रासमा बिक्रीको चाप बढेका कारण बजार ओरालो लागेको बताइएको छ ।

नेप्से ९ सय भन्दा तल हुनुपर्नेमा यसअघि समाचारमा अन्यथा भएकाले सच्याइएको छ । सम्पादक

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ