वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रन सुजले ल्यायो ‘सावाँ भन्दा व्याज ठूलो’ उपहार योजना

अर्थटुडे
२०७१ भाद्र २२, आईतवार

काठमाडौं । रन सुज ई.प्रा.लिले नेपालीहरुको महान् चाड दशै र तिहारलाई लक्षित गरी “सावाँ भन्दा व्याज ठूलो ” उपहार योजना अघि सारेको छ । यो उपहार योजना कम्पनीको उत्कृष्ट उत्पादन रन नामक ब्राण्डमा राखिएको छ ।run s
यस उपहार योजना अन्तर्गत प्रत्येक जोर रन जुत्ता खरिद गर्दा खरिदकर्ताले एउटा टिसर्ट प्राप्त गर्नेछन् साथै एउटा स्क्रयाच कुपन प्राप्त गर्नेछन् । स्क्र्याच कुपन मार्फत योजना अवधिभरमा १० जना उपभोक्ताले जनही १ लाख र सयौ जनाले ५० हजार, २५ हजार १० हजार पाप्त गर्न सक्नेछन् ।
यस उपहार योजनामा सहभागी सवै ग्राहकले अनिवार्य रुपमा टिसर्ट भने प्राप्त गर्नेछन् । उपहार प्रबद्र्धनका निमित्त यस योजनालाई साँवा भन्दा व्याज ठूलो रन सुज विना खुट्टा लुलो र दशजनालाई दशलाख भन्ने नारा दिइएको छ ।
कम्पनीले ब्राण्ड प्रबद्र्धकका रुपमा कुमार कट्टेल “जिग्री ” र अर्जुन घिमिरे “पाण्डे” लाई नियुक्त गरेको छ । कम्पनीका म्यानेजर रुद्र न्यौपानेले सो योजना तिहारको टिकाको भोलिपल्टसम्म लागु हुने बताए ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ