वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रबन्ध निर्देशकले पदभार ग्रहण गरेकै दिन टेलिकमका कर्मचारी आन्दोलित, प्राविधिक क्षेत्रका व्यक्ति नै निर्देशक हुनुपर्ने माग

अर्थटुडे
२०७१ भाद्र २२, आईतवार

काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशक बुद्धि आचार्यले पदभार ग्रहण गरेकै दिन कर्मचारीहरु आन्दोलित भएका छन् । मन्त्रीपरिषद्को १९ गते बसेको बैठकले आचार्यलाई टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गरेको थियो भने उनले आइतबार पदभार ग्रहण गरेका थिए ।nepal telicome आइतबार नै टेलिकमको प्राविधिक समूहमा कार्यरत कर्मचारीहरुले सरकारले प्राविधिक ज्ञान नभएको व्यक्तिलाई प्रबन्ध निर्देशक पदमा नियुक्त गरेको भन्दै निर्णय नसच्चाए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

प्राविधक समूहका कर्मचारीहरुले आइतबार विज्ञप्ति जारी गर्दै पूर्ण रुपमा प्रविधिमा आधारित कम्पनीमा बदलिदो प्रविधि अनुसार आधुनिक प्रविधिको छनौट, व्यवस्थापन र सेवा विस्तार जस्ता महत्वपूर्ण कार्यहरु सम्पादन गर्नुपर्ने संस्थाको निति नर्माण तहमा दुरसंचार सेवासँग सम्बन्धित प्राविधिक विशेषज्ञ नियुक्त हुनुपर्छ भनेका छन् ।
उनीहरुले कम्पनी ऐन तथा दूरसंचार नियमावली विपरीत सरकारले प्राविधिक ज्ञान नभएका व्यक्तिलाई प्रबन्ध निर्देशक बनाएको भन्दै सरकारलाई निर्णय सच्याउन माग गरेका छन्।
उनीहरुले प्राविधिकबाट नै निर्देशक नियुक्त गर्न माग गर्दै निर्णय नसच्चिए आन्दोलन गर्ने चेतावनी दिएका छन्। कर्मचारीहरुले प्राविधिकबाट नै प्रबन्ध निर्देशक छान्न आग्रह पनि गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ