वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

स्वरोजगार कोषको ऋण लिएर सात युवा विदेश

अर्थटुडे
२०७१ भाद्र २३, सोमबार

इलाम । युवालाई स्वरोजगार बनाउन प्रदान गरिएको रकमबाट फिक्कलका युवा विदेशिएको रहस्य खुलेको छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले फिक्कलस्थित पञ्चकन्या बहुउद्देश्यीय सहकारी संस्थालाई ५० लाख ऋण प्रदान गरेको थियो ।yuwa-swarojgar

युवालाई व्यवसाय सञ्चालनमार्फत स्वरोजगार बनाउन सो सहकारी संस्थाले ७० जनालाई ५० रुपैयाँका दरले ऋण प्रदान गरेको थियो । “सहकारी संस्थाबाट ऋण लिएर सात जना विदेश गएको पाइयो,” कोषका जिल्ला सदस्य सचिव हरि मैनालीले भने, “व्यवसाय गर्छु भनेर ऋण लिएर विदेश जानु त भएन नि ।”

ऋण लिएर यहाँका सातजना युवा मलेसिया, कतार, साउदी अरबलगायत मुलुकमा गएका छन् । उहाँले भन्नुभयो – “विदेश नजानु भन्ने हाम्रो भनाइ होइन तर कोषबाट व्यवसाय गर्न भनेर ऋण लिएकाले विदेश जान मिल्दैन ।”

सरकारले युवा तथा साना व्यवसायीलाई स्वरोजगार बनाउने उद्देश्यका साथ सहुलियतमा ऋण प्रदान गरेको थियो । विदेश जानुपरे कर्जा फिर्ता गर्नुपर्ने प्रावधान छ । तर त्यस विपरीत कोषको ऋण फिर्ता नगरी विदेश गएकाले कारबाही अगाडि बढाइने स्वरोजगार कोषले जनाएको छ ।

रकम फिर्ता नगरी विदेश जाने युवालाई नेपाल सरकारबाट प्राप्त हुने कुनै पनि सेवा सुविधा उपलब्ध नगराउनेसम्मका कारबाही हुने कोषले जनाएको छ ।

सहकारी संस्थाबाट छ लाख रुपैयाँ ऋण लिएर बङ्गुरपालन व्यवसाय सुरु गरेका चारजना युवाको व्यवसाय धरापमा परेको छ । मैनालीले भने – “अनुगमनका क्रममा जाँदा खोरमात्र छ, बङ्गुर पनि तीन÷चारवटा मात्र । त्यही पनि बाँच्ने स्थितिमा छैनन् ।”

ऋणमात्र लिएर व्यवसायप्रति चासो नदिएकाले यस्तो स्थिति आएको उनी बताउँछन् । कोषले सहकारी संस्थामार्फत सहकारी संस्थामा आबद्ध ७९ जनालाई व्यवसाय सञ्चालनका लागि ऋण प्रदान गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ