वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बाढपहिरोबाट करिव ७ अर्व ७९ करोड बराबरको क्षति भएको सरकारी दावी, सिन्धुपाल्चोकमा मात्रै एक अर्ब ४७ करोडको क्षति

अर्थटुडे
२०७१ भाद्र २३, सोमबार

काठमाडौं । यस वर्षको बाढीपहिरोबाट करिब ७ अर्ब ७९ करोड बराबरको भौतिक सम्पत्ति क्षति भएको छ । ४२ जिल्लाका २६० जनाको निधन भएको छ भने १६० जना घाइते र २५४ जना हराइरहेका छन् । Singha_durbarसरकारले व्यवस्थापिका–संसद्, सुशासन तथा अनुगमन समितिको बैठकमा पेस गरेको पछिल्लो तथ्याङ्कअनुसार सरकारले पीडित परिवारलाई हालसम्म करिब छ करोड १५ लाख रुपैयाँ बराबरको खाद्यान्न र करिब चार करोड ७६ लाख रुपैयाँ बराबरको गैरखाद्य पदार्थ वितरण गरेको छ ।

यस्तै थप १० दिनका लागि करिब एक लाख ३३ हजार खाद्यान्न र लत्ताकपडाका लागि करिब ११ करोड २६ लाख रुपैयाँ प्रभावित जिल्लामा निकासा गरिएको छ । यस्तै प्रधानमन्त्री राहत तथा दैवीप्रकोप कोषमा हालसम्म ३५ करोड बराबर नगद सङ्कलन भएको र उल्लेख्य मात्रामा खाद्यान्न तथा लत्ताकपडासमेत उपलब्ध भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार पारेको तथ्याङ्कअनुसार बाढीबाट बढी प्रभावित जिल्लामा सिन्धुपाल्चोक, बर्दिया, सुर्खेत, बाँके, दाङ, जाजरकोट, सल्यान र कैलाली छन् ।

सिन्धुपाल्चोकमा मात्रै करिब एक अर्ब ४७ करोड रुपैयाँ बराबरको क्षति भएको छ भने रु ५७ लाख ७० हजार राहत वितरण गरिएको छ । सुर्खेतमा करिब एक अर्ब आठ करोड रुपैयाँ बराबरको क्षति भएको सरकारी तथ्याङ्क छ । दाङमा ५२ करोड र बाँकेमा ४८ करोड रुपैयाँ भन्दा बढी क्षति भएको छ । ती जिल्लामा हालसम्म २८६ मेट्रिक टन खाद्यान्न वितरण गरिएको सरकारले जनाएको छ ।
सो बैठकमा उपप्रधानमन्त्री वामदेव गौतमले प्राकृतिक विपत्तिमा परेकालाई सरकारको स्रोत, व्यवस्थापकीय क्षमता र योग्यताले सक्ने जति सहयोग, राहत तथा उद्धार गरिएको बताए ।
गृहमन्त्री गौतमले भने , “बिचौलियाले प्रभावित पारे वा त्यस्तो हर्कत गर्न खोजे कानुनअनुसार कडा कारबाही हुन्छ, चलखेल हुन दिइँदैन ।” उनले कतिपय स्थानमा बाढीपहिरो गएको लामो समयसम्म पनि सूचना प्राप्त हुन नसकेको तथा मौसमको प्रतिकूलताका कारण तत्काल राहत तथा उद्धार गर्न नसकिएको स्पष्ट पारे ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ