वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पुँजीबजारलाई हस्तक्षेप गर्न सरकारसमक्ष इन्भेष्टर्स फोरमको आग्रह, राष्ट्र बैंककै कारण बजवारमा उतारचढाव आएको फोरमको आरोप

अर्थटुडे
२०७१ भाद्र २३, सोमबार

काठमाडौं । नेपाल इन्भेष्टरर्स फोरमले पुँजीबजारलाई प्रत्यक्ष हस्तक्षेप गरी यसको दिगो विकासमा राज्यको तर्फबाट पहल गर्न सरकार समक्ष माग गरेको छ ।
सोमबार फोरमले प्रेस विज्ञप्ति जारी गरी बजार घट्नुपर्ने कुनै कारण नभएता पनि हल्लाको भरमा बजार ह्वात्तै घटेकोले संबद्ध लगानकिर्ताहरुलाई विश्वस्त पार्न सरकारसँग आग्रह गरेको छ ।nepal stock exchange
केहीदिनदेखि विना कारण नेप्से परिसुचक (इन्डेक्स) लगातार २०० भन्दा बढी अंकले घटेको हुदा फोरमको विशेष ध्यानाकर्षण भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

फोरमले भनेको छ–सुचिकृत कम्पनीहरुले बोनस तथा लाभांस दिने समय रहेको र केही कम्पनीहरुले घोषणा समेत गरेको अवस्थामा यसरी बजारमा हलचल आएकोले सरकारको तर्फबाट यसलाई हस्तक्षेप गर्नुपर्छ ।

फोरमले विज्ञप्तिमा भनेको छ,–“नेपाल राष्ट्र बैंककै कारण बजारमा तिव्र उतारचढाव आई नयाँ लगानीकर्ताहरुमा त्रास सिर्जना भएकोले विनाकारण २० प्रतिशत भन्दा बढी बजार घटी सकेको अवस्थामा पनि नियमक निकाय धितोपत्र बोर्डबाट कुनै प्रतिक्रिया आएको छैन”

धितोपत्रबोर्डले पनि यस विषयमा केही नवोल्नु र नेपाल स्टक एक्सचेन्जले पनि प्रभावकारी कारोबार प्रणाली अवलम्वन गर्न नसक्नुले लगानीकर्ताको विश्वासमा समेत कमी आएकोले बजारमा विक्रि चाप बढ्न गइ बजार नै अनियन्त्रित भइरहेकोले यसको नियन्त्रणका लागि सरकारले नै कदम चाल्नुपर्ने फोरमको भनाई रहेको छ ।

इन्भेष्टर्स फोरमका अध्यक्ष राजकुमार तिमल्सिनाले नेपाल धितोपत्र बोर्डको कमजोर, फितलो नियमन र उपस्थितिका कारण राष्ट्र बैंकको स–सानो निर्णयबाट पनि बजार प्रभावित भएको बताए ।

आर्थिक वर्ष २०६४ २०६५को बजेटदेखि नै एनआरएनको लगानीलाई पुँजी बजारमा ल्याउने विषय र पुँजी बजारलाई स्वचालित गर्न आवश्यक बजेट विनियोजन हुदै आएतापनि सो कुरा कार्यान्वयनमा आउन सकेको छैन, जसले गर्दा पुँजीबजार आफ्नै मुल्य मान्यता भन्दा पनि अन्य पक्षको हल्ला, निति, निर्देशन र बक्तव्यकै भरमा चल्न बाध्य भएको विज्ञप्तिमा उल्लेख छ ।

बैंक तथा वित्तिय क्षेत्रको बाहुल्यता रहेको पुँजीबजारमा अन्य क्षेत्रको लगानी भित्र्याउन नसक्नु पुँजीबजार विकासको अर्को बाधक तत्व हो । पुँजीबजारलाई एउटा शसक्त माध्यमको रुपमा स्थापित गर्नु अति जरुरी भैसकेको छ ।
सामुहिक लगानीकोषलाई बजारमा प्रबेश गराउने व्यवस्था तथा संगठित तथा संगठित लगानीकर्ताहरुलाई धितोपत्र बजारमा प्रबेश गराउने तर्फ तत्काल पहल गर्न सरकारसमक्ष फोरम जोडदार माग गर्दछ विज्ञप्तिमा भनेको छ ।

त्यसैगरी स्टक एक्सचेन्जलाई निजिकरण गरी धितोपत्रबोर्डलाई कुशल नेतृत्व प्रदान गरी सशक्त बनाउनु पर्नेमा फोरमले जोडदार माग गरेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ