वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

संगालो सहकारीको निःशुल्क आँखा शिविर

अर्थटुडे
२०७१ जेष्ठ २४, शनिबार

काठमाडौं । सिमरास्थित संगालो बचत तथा ऋण सहकारी संस्थाले दोस्रो बार्षिक उत्सवका अवसरमा निशुल्क आखाँ शिविर संचालन गरेको छ । शनिबार भएको शिविरमा करीव ५ सयको आखा परिक्षण गरिएको संस्थाका अध्यक्ष शालिकराम अधिकारीले बताए ।
सो शिविरको उदघाटन गर्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का सञ्चालक कृष्ण पौडेलले सहकारीहरु नेपाली समाजको आर्थिक रुपान्तरणको सम्वाहकको भूमिकामा रहेको बताए । बचत तथा ऋण सहकारीहरुले वित्तिय कारोवारलाई जोखिमरहित बनाउनुपर्ने बताउदै पौडेलले सदस्यहरुलाई उद्यमशिल बनाउन ध्यान दिन आग्रह गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ