वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनएमबी म्युचुअल फण्ड असोज २ गतेबाट, अधिकतम ६० लाख इकाईसम्म आवेदन गर्न पाईने

अर्थटुडे
२०७१ भाद्र २४, मंगलवार

काठमाडौं । एनएमबी क्यापिटलले ६० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड ‘ एनएमबी सुलभ ईन्भेष्टमेन्ट फण्ड’ असोज २ गतेबाट सर्वसाधारणको लागि बिक्री खुल्ला गर्ने भएको छ । ६ करोड इकाई निष्काशन रहेको उक्त फण्डको प्रतिइकाई मूल्य १० रुपैयाँ तोकिएको छ । न्युनतम १ सय इकाई र अधिकतम ६० लाख ईकाईसम्मका लागि आवेदन गर्न पाइनेछ ।

Mutual Fund

फण्डमा न्युनतम असोज ६ गते र अधिकतम असोज २० गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीले मंगलबार प्रकाशित गरेको आवहान पत्रमा न्युनतम एक सय इकाई र अधिकतम ६० लाख ईकाईसम्मका लागि आवेदन गर्न जनाइएको छ ।

कम्पनीले ६० लाख इकाई जारी गरेपनि ७५ करोड रुपैयाँसम्मको इकाई बिक्री गर्न पाउने अनुमति पाएको छ ।

यो योजना पाँच बर्र्षमा परिपक्व हुने एनएमबी क्यापिटलले जनाएको छ ।
हाल बजारमा सिद्वार्थ, नविललगायत ४ वटा म्युचुअल फण्ड रहेका छन् । साना लगानीकर्ता र नयाँ लगानीकर्ताका लागि फण्डमा लगानी गर्नु उपयुक्त हुने विश्लेषकहरु बताउछन् ।

असोज ६ गते हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ : सम्पादक 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ