वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जसरी घट्यो, त्यसैगरी बढ्यो बजार : नेप्सेमा ४४ अंकको सुधार

अर्थटुडे
२०७१ भाद्र २४, मंगलवार

काठमाडौं । केही समयदेखि उच्च अंकले गिरावट आइरहेको सेयर बजार फेरी उच्च अंकले नै बढेको छ । मंगलबार सेयर बजार परिसुचक (नेप्से) ४४ अंकले बढेर ९  सय माथी उक्लीएको छ । मंगबार नेप्सेले पत्रकार सम्मेलन गरी नअतालिन लगानीकर्तालाई आग्रह गरेको थियो । पत्रकार सम्मेलनमा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा.चिरञ्जिवी नेपाललगायत धितोपत्र बोर्डका र नेप्सेका अधिकारीले लगानीकर्तालाई विश्वस्त बनाउने प्रयास गरेका थिए ।

chart sep 9

मंगलबार नेप्से ४४.५० अंकले बढेर ९२०.०६ अंकमा पुगेको छ । कारोबार भएका अधिकाशं कम्पनीको सेयर भाउ बढेपछि समग्र बजार परिसुचकमा असर गरेको हो । मंगलबार सबै समूहगत परिसुचक पनि उकालो लागेका छन् ।

समूहगत परिसुचकमध्ये सबैभन्दा बढी हाइड्रोपावर १८०.१७ अंकले बढेको छ । यसैगरी बिमा समूह १३५.६३, बैंकिङ ५१.०५, होटल ३८.६८, विकास बैंक १८.४८, फाइनान्स ७.०१, उत्पादनमुलक २.५६ र अन्य १७.६२ अंकले बढेको छ ।

मंगलबार १३४ कम्पनीका नौं लाख ४२ हजार १९५ कित्ता सेयर किनबेच भएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ