वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लगानीकर्ताको अस्थिर मनोविज्ञान, विज्ञहरु भन्छन् : बजार परिपक्कतातिर उन्मुख भएको छैन

अर्थटुडे
२०७१ भाद्र २५, बुधबार

काठमाडौं । लामो सयमसम्म लगातार उच्च अंकले घटेको सेयर बजार मंगलबार बढ्यो । तर जसरी बजार घट्यो, उसैगरी बजार उच्च अंकले बढ्यो । विज्ञहरु भन्छन् उच्च अंकले उतारचढाव आउनु लगानीकर्ताको अस्थिर मनोविज्ञान र बजार परिपक्क नभएको संकेत हो । करिव सात वर्षदेखि बजार उच्च अंकले उतारचढाव आउने गरेको छ ।

stock marketनेपाल स्टक एक्सचेन्जमा अघिल्लो दिन बन्द भएको विन्दुबाट एकैदिन ५ प्रतिशत घट्ने बा बढ्ने सिमा हुन्छ । तर, सर्किट ब्रेक लगाउनुपर्ने गरि नेपाली बजार ५ प्रतिशत बढ्ने वा घट्ने गरेकाले यसले बजारको अस्थिरता र लगानीकर्ताको मनोविज्ञानलाई विश्लेषण गर्ने विज्ञहरु बताउछन् ।

बैंक तथा वित्तीय संस्थाको बाहुल्यता रहेको नेपाली बजारमा नियामक निकायबिच समन्वयको अभावका कारण बजारमा प्रभाव पर्ने गरेको छ । राष्ट्र बैंक, धितोपत्र बोर्ड, बिमा समितिलगायतका निकायले समन्वय नगरी नीति ल्याउदा लगानीकर्ताको मनोवल अस्थिर रहदै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ