वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ग्राण्ड बैंकलाई सिघ्र सुधारात्मक कारवाही, शाखा, कर्जा लगानी र लाभांस बाड्न रोक

अर्थटुडे
२०७१ भाद्र २६, बिहीबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्राण्ड बैंकलाई सिघ्र सुधारात्मक कारवाही गरेको छ । खराव ऋण बढ्दै गएर बैंकको घाटा उच्च भएपछि बैंकलाई कारवाही गरेको हो । कारवाहीपछि बैंकले नयाँ कर्जा लगानी गर्न, शाखा खोल्न, लाभांस बाड्न र अघिल्लो वर्षको निक्षेपभन्दा ५ प्रतिशतभन्दा बढी निक्षेप संकलन गर्न पाउदैन ।

GRAND_BANK_05-copy_20120404095757

बैंक आर्थिक वर्ष २०७० ७१ मा १ अर्व ६० करोड रुपैयाँ घाटामा गएको छ । बैंकले प्रवाह गरेको धेरै ऋण नउठेपछि जोखिम वापत छुट्याउनु पर्दा बैंक घाटामा गएको हो ।

बैंकको खराव कर्जा करिव २० प्रतिशत छ ।

केन्द्रीय बैंकले ग्राण्डलाई डुबेको ऋण उठाउन केन्द्रीत हुन निर्देशन दिएको छ ।
बैंकमा उच्च घाटा भएपछि केन्द्रीय बैंकले ग्राण्डलाई लिखित स्पष्टिकरण सोधेको थियो । स्पष्टिकरणको जवाफ पठाउदै बैंकका प्रमुख कार्यकारी अधिकृत पशुराम कुवँरले बैंकलाई सुधार गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ