काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैकले २५ प्रतिशत हकपद सेयर वितरण गर्ने भएको छ । बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय साधारणसभाले पास गरेपछि नेपाल राष्ट्र बैंकको अनुमतिमा वितरण गरिने छ ।
बैंकले मर्जरपछि पहिलो साधारण सभा गर्दैछ । बैंकको पुँजी ६४ करोड रुपैयाँ छ। हकप्रद सेयरपछि पुँजी १६ करोड रुपैयाँ थपिने छ।
गत आर्थिक बर्ष बैंकले १५ करोड ८२ लाख रुपैयाँ नाफा गरेको थियो। बैंकको पुँजी कोष अनुपात १४.५८ प्रतिशत छ। खराब कर्जा ०.६८ प्रतिशत छ ।
प्रतिक्रिया