वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लगानीकर्तामा पलाएन विश्वास, नेप्से ०.०३ अंकले मात्र बढ्यो

अर्थटुडे
२०७१ भाद्र २६, बिहीबार

काठमाडौं । नियामक निकायका अधिकारीहरुले सेयर बजारका लगानीर्तालाई नआत्तिन आग्रह गरेपछि बजारमा सुधार आउन सकेको छैन । साताको अन्तिम दिन पनि ०.०३ ले मात्र सुधार भएर ९१०.६४ अंकमा अडिएको छ ।  कारोबार भएका अधिकांश कम्पनीहरुको मूल्य घटेपछि बजारपरिसुचक बैकिड र विकास बैंक समूह बाहेक सवै समूहगत परिसुचक घटेको छ ।

nepal stock exchangeविहिबार बजार खुलेदेखि नै नेप्से ओरालो लाग्न सुरु गरेको थियो । साढे १ बजेपछि भने बजार केही उकालो लागेको हो ।

विहिबार बैंकिङ २.१७ र विकास बैंक ०.९२ अंकले बढेको छ भने अन्य समूहगत परिसुचक घटेको छ ।  त्यसैगरी होटल ६.६३, हाइड्रोपावर ५.६ इस्योरेन्स २७.४१ अंकले गिरावट आएको छ ।

यसैगरी नेप्सेको सफ्टवेयरमा आएको समस्याका कारण विहिबार २० मिनेट कारोबार हुन सकेन । सोही कारण ३ वजे कारोबार बन्द हुनुपर्नेमा २० मिनेट समय थप गरी कारोबार भएको थियो ।

 विहिबार १ सय ४१ कम्पनीको ३२ करोड ४५ लाख बराबरको ७ लाख ७० हजार कित्ता सेयर कारोबार भएको छ ।

नेप्सेको वेवसाईट अनुसार नै समाचार अपडेट भइरहेको छ । :   सम्पादक 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ