वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

‘आईएमई विदेशमा परिवार भेट’ योजनामा भाग्यशाली विजेता पुरस्कृत

अर्थटुडे
२०७१ भाद्र २६, बिहीबार

काठमाडौं । इन्टरनेशनल मनी ट्रान्सफर (आईएमई) ले यहि सुरु गरेको ‘आईएमई विदेशमा परिवार भेट’ योजनाको पहिलो साता रकम पठाउनेतर्फ मलेसियामा वैदेशिक रोजगारीमा रहेका मित्रराज लिम्बु तथा रकम प्राप्त गर्ने तर्फ काठमाडौंका घनश्याम कार्की विजेत भएका छन् । विजेता बने सँगै लिम्बुले आईप्याड तथा कार्कीले डिजीटल क्यामरा पुरस्कार स्वरुप प्राप्त गरेक छन् ।

IME
यसै गरि दैनिक लक्की ड्र मा पैसा पठाउने तर्फ विजयी हुनेमा मलेसियामा कार्यरत शिवराज विश्वकर्मा, मलेसियाबाटै वान बहादुर पगु, बेलायतबाट शम्भु राई, कुवेतबाट अर्जुन खनाल, मलेसियाबाट रोम बहादुर गाहा, मलेसियाबाट प्रेम बहादुर रोकाया र शेख नेपाली छन् । उनीहरुले स्मार्टफोन पाएका छन् । यसै रकम प्राप्त गर्ने तर्फ पोखराकी सरिता कार्की, काठमाडौंकी सुस्मिता तामाङ्ग, काठमाडौंकै फूर्बु लामु शेर्पा, काठमाडौंकी ललितादेवी शाह, बिर्तामोडकी सुभद्रा घिमिरे, लाहानकी रीतादेवी पूर्वी तथा उदयपुरकी श्यामदेवी चौधरी विजयी भएका छन् । विजयी हुनेहरुले लगेज ब्याग प्राप्त गरेका छन् ।

दशै र तिहारलगायतका चाडपर्वलाई लक्षित गरी परिवार भेट योजना सुरु गरेको हो । योजना आगामी असोज १९ गतेसम्म संचालन हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ