वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हिमालयन बैंक कर्मचारी संघद्धारा बाढीपिडितलाई सहयोग

अर्थटुडे
२०७१ भाद्र २६, बिहीबार

काठमाडौं । हिमालयन बैंक कर्मचारी संघले दाङका ९३ बाढी पीडित परिवारलाई पाँचलाख रकम बराबरको राहत सामग्री वितरण गरेको छ । कर्मचारी संघले प्रति परिवार २० किलो चामल, दुई÷दुई किलो दाल, च्यूरा तथा पिठो, एक प्याकेट नुन र आधी लिटर तेल बाढीग्रस्त क्षेत्रमै पुगेर सहयोग गरेका छन् ।20140909_132425

यस्तै संघले विद्यार्थीका लागि कापी, कलम र कपडा पनि वितरण गरेको छ । कर्मचारी संघको पहलमा बैंकका कर्मचारीबाट संकलित उक्त सहयोग हस्तान्तरण गरिएको हिमालयन बैंक कर्मचारी संघले जनाएको छ । संघका उपाध्यक्ष सुनील शर्माको नेतृत्वमा गएको टोलीले सहयोग हस्तान्तरण गरेको हो । गत २४ गते बाढीबाट पीडित पुरन्धरा ८ का ९३ परिवारलाई सहयोग सो सहयोग गरिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ