वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

असोजदेखि लागु हुनेगरी १७%सम्म विद्युत महसुल बढ्दै, विपीसीको पनि ६०% बढ्ने

अर्थटुडे
२०७१ भाद्र २७, शुक्रबार

काठमाडौं । असोजदेखि विद्युत महसुल १७ प्रतिशतसम्म बढ्ने भएको छ । विद्युत महसुल निर्धारण आयोगले खपतका आधारमा औसत १७ प्रतिसतसम्म विजुलीको महसुल बढाउने तयारी गरेको छ ।NEA_nepal1

असोजदेखि नयाँ महसुल लागु गर्ने गरी आयोगले काम गरिरहेको छ ।  १७ प्रतिशतसम्म विद्युत महसुल बढेमा नेपाल विद्युत प्राधिकरणको आम्दानी तीन अर्व रुपैयाँ बढ्ने आयोगको निष्कर्ष रहेको छ । गत आर्थिक वर्ष विद्युत प्राधिकरण ५ अर्व ७५ करोड रुपैयाँ घाटामा गएको छ ।
विद्युत महसुल बढाएपछि तीन अर्व बढ्छ भने बाँकी रुपैयाँ खर्च घटाएर र चुहावट कम गरेर पुर्ति गर्नुपर्ने हुन्छ । यस्तैगरी २० युनिट खर्चगर्ने ग्राहकको लागि पनि २० रुपैयाँ बढाएर १०० रुपैयाँ पुर्याउने आयोगका अध्यक्ष गणेशप्रसाद सुव्वाले जानकारी दिए ।
हाल २० युनिट प्रयोग गर्ने ग्राहकले मासिक ८० रुपैयाँ तिदै आएका छन् । आयोगले यसअघि सार्वजनिक सुनुवाइ गरी महसुल बृद्धिको विषयमा सरोकारवालाहरुसँग सुझाव लिइसकेको छ ।
यसैगरी आयोगले वुटवल पावर कम्पनी लिमिटेड (विपीसी)को पनि महसुल बढाउने तयारी गरेको छ । बढीमा ६० प्रतिशतसम्म बढाउने गरी वित्तिय विश्लेषण गरिरहेको सुव्वाले बताए ।

वितरण व्यापार निरन्तर घाटामा गएको भन्दै विपीसील डेढ वर्षअघि १ सय ६३ प्रतिशतसम्म महसुल बढाउन आयोगमा प्रस्ताव गरेको थियो । हाल वीपीसीले पश्चिमका ३९ हजार ६ सय २१ घरधुरलाई विद्युत वितरण गर्दै आएको छ । कारोबार दैनिकबाट

 

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ