वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लोबर सुनकोशी तेस्रो र मादी —१ जलविद्युत आयोजनको पिपिए खारेज

अर्थटुडे
२०७१ भाद्र २७, शुक्रबार

नेपाल विद्युत प्राधिकरणले दुई जलविद्युत आयोजनका विद्युत खरिद सम्झौता (पिपिए) खारेज गरेको छ । प्राधिकरण संचालक समितिको बैठकले बैष्णोदेवी जलविद्युत कम्पनी प्रवद्र्धक रहेको लोबर सुनकोशी तेस्रो र अन्नपूर्ण ग्रुप प्राली प्रवद्र्धक रहेको मादी —१ जलविद्युत आयोजनको पिपिए खारेज गरेको हो ।

nepal-electricity-authority

तोकिएको समयमा उत्पादन सुरु नगरेको भन्दै प्राधिकरणले ति विद्युत आयोजनालाई कारवाही गरेको हो । लोबर सुनकोशी तेस्रको क्षमता ९.९ मेगावाट र मादी —१ जलविद्युत आयोजनको १० मेगावाट क्षमता रहेको छ ।

यसैगरी बैठकले २० मेगावाटको अपर म्याग्दी, १०.३ मेगावाटको दोर्दी — १ र ९५० किलोवाटको तौथली खोला जलविद्युत आयोजनाको भने पिपिए सम्झौता गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ