वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रभु मनी ट्रान्सफरबाट पैसा पठाउदा र लिदा विभिन्न उपहार

अर्थटुडे
२०७१ भाद्र २७, शुक्रबार

काठमाडौं । प्रभु मनी ट्रान्सफरबाट विदेशबाट रकम पठाउदा र नेपालमा रकम लिदा विभिन्न उपहार पाइने भएको छ । दशैं तिहार र छटपर्व लक्षित गरी सुरु भएको प्रभु डबल बहार योजना अन्र्तगत नेपालमा पैसा प्राप्त गर्ने ग्राहक मध्येबाट हरेक दिन एक जनाले १ लाख १० हजार रुपैयाँ बराबरको व्यक्तिगत दुर्घटना तथा मेडिकल बिमा पाउने छन्।

यस्तै हरेक दिन एक जनालाई लेमन मोवाइलको बी २०१ मोवाइल तथा हरेक हप्ता एक जनालाई लेमन पी १४ मोवाइल प्रदान गरिने प्रभु मनि ट्रान्सफरले जनाएको छ।

यस्तै प्रभुमार्फत नेपाल पैसा पठाउने एक जनालाई पनि हरेक हप्ता एकतर्फी हवाई टिकट प्रदान गरिने योजना अघि सारेको छ ।

यो योजना अन्तर्गत बम्पर उपहार अन्तर्गत एक जनाले ४२ इन्चको एलइडी टेलिभिजन र डिस होम प्याकेज उपलब्ध गराइने प्रभु मनि ट्रान्सफरकी उपाध्यक्ष कुसुम लामाले जानकारी दिइन् ।

यो योजना २९ अक्टुवरमा सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ